आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस

सारांश

  • काठमाडौं -बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
  • टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी रहँदै सर्वोच्च अदालतको निर्देशनात्मक आदेशविपरीत कानुन उल्लंघन गरी ठेक्का सम्झौता गरेको आरोपमा समितिले कारबाही सिफारिस गरेको हो ।
  • समितिले परराष्ट्रले २०७४ माघ १० मा गरेको ठेक्का सम्झौतासमेत रद्द गर्न आदेश दिएको छ ।

काठमाडौं -बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी रहँदै सर्वोच्च अदालतको निर्देशनात्मक आदेशविपरीत कानुन उल्लंघन गरी ठेक्का सम्झौता गरेको आरोपमा समितिले कारबाही सिफारिस गरेको हो । समितिले परराष्ट्रले २०७४ माघ १० मा गरेको ठेक्का सम्झौतासमेत रद्द गर्न आदेश दिएको छ ।

परराष्ट्र मन्त्रालयले गत असोजमा विभिन्न मुलुकमा भ्रमणका लागि आवश्यक पर्ने हवाई टिकट उपलब्ध गराउन ट्राभल एजेन्सीमाझ टेन्डर आह्वान गरेको थियो । त्यसक्रममा सि–लिंक ट्राभन्स एन्ड टुर्सको बोलपत्र स्वीकृत भएको थियो । टेन्डर प्रतिस्पर्धामा सहभागी भएको सुरुचि ट्राभल्सले निर्णयविरुद्ध सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिमा निवेदन दिएको थियो । निवेदन सुनुवाइका क्रममा समितिले यस्तो आदेश दिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘त्यसक्रममा पेस र स्वीकृत भएका कतिपय विवरण अत्यन्त अस्वाभाविक भएपछि सम्झौता रद्द र कारबाहीको निर्णय भएको हो ।’

समितिले निर्णयमा ‘पुनरावलोकन अवधि बाँकी हुँदाहुँदै सर्वोच्च अदालतको आदेश, सार्वजनिक खरिद अनुगमन कार्यालयको परिपत्र र कानुनको अवज्ञा गरी ठेक्का सम्झौता गर्ने जिम्मेवार पदाधिकारीलाई कानुनबमोजिम कारबाही हुनुपर्ने’ उल्लेख गरेको छ । उक्त टेन्डर मूल्यांकन समितिमा सहसचिव भरतराज पौडेल, लेखा प्रमुख गायत्रीरमण खनाल, खरिद इकाई प्रमुख लेखनाथ गौतम थिए ।

टेन्डर मूल्यांकनपछि समितिको सिफारिसका आधारमा परराष्ट्र सचिव शंकरदास बैरागीले दोस्रो चरणमा लेखा प्रमुख खनाल र प्रशासन प्रमुख तापस अधिकारीको समेत राय लिएर टेन्डर स्वीकृत गरेका थिए । उक्त निर्णयविरुद्ध समितिमा उजुरी परेको थियो । समितिले आफ्नो निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत पठाएको छ । प्रधानमन्त्री कार्यालयले समितिको निर्णयसमेत पठाई कारबाहीका लागि अख्तियारमा पत्राचार गर्दैछ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
विश्वकै सबैभन्दा धनी व्यक्ति चढ्छन् सबैभन्दा सस्ताे कार
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बोली सच्चाउँदै प्रचण्ड, जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्जको नाममा सहमति
बार्सिलोनाका मुस्लिम नागरिक त्रासमा
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
बिपी र ब्रुस ली
बिपी र ब्रुस ली
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन्  ?
मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु को-को हुन् ?
धरहरा निर्माणकाे लागी म काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार छु : प्रम ओली

तपाईंले छुटाउनुभयो कि?