काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २९, २०७७
|
|
३९ पटक हेरिएको
Shares
काँग्रेस, राजावादी देखि उखु किसान आन्दोलित, सरकारले के गर्ला ?

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • देशमा सडक प्रदर्शनको माहोल तात्तिदै गएको छ ।
  • एकपछि अर्को समूह देखि राजनीतिक दल समेत सडक प्रदर्शनमा ओर्लिन थालेका छन् ।

काठमाडौं, २९ मंसिर । देशमा सडक प्रदर्शनको माहोल तात्तिदै गएको छ । एकपछि अर्को समूह देखि राजनीतिक दल समेत सडक प्रदर्शनमा ओर्लिन थालेका छन् ।

आज नेपाली काँग्रेसले ७७ जिल्लामा प्रदर्शन र सभा आयोजना गरिरहेको छ । उसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वसत्तावादी भन्दै प्रदर्शन गरेको हो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्लाको पुल उदघाटनमा रोकी नियन्त्रणमा लिएपछि बढेको आक्रोश प्रदर्शनसम्म पुगेको हो । तर, काँग्रेसले विरोध प्रदर्शनलाई निरन्तरता दिनेबारे केही बोलेको छेन ।

राजावादीहरु सडक प्रदर्शन गर्दै आएका छन् । विभिन्न संस्था र समूहका नाममा उनीहरु शहरी क्षेत्रमा सक्रिय छन् । विगतमा पूर्वको झापा देखि पश्चिमको कञ्चनपुर हुँदै मुख्य शहरहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्जलगायतमा प्रदर्शन गर्दै आएका थिए । पछिल्लो समय राजधानीमा राजावादी केन्द्रित हुँदै प्रदर्शन गर्दै आएका छन् । उनीहरुले राजसंस्था र हिन्दुराष्ट्रको माग राखेका छन् ।उखु किसानहरु फेरि आन्दोलिन भएका छन् । विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नहुँदा उखु विक्री गर्दाको रकम भुक्तानी नपाएको भन्दै आन्दोलित भएका हुन् । किसानहरु माइतीघरमा जुलुस गर्दै पैसा नपाएसम्म नफर्कने अडान राख्न थालेका छन् ।सडक प्रदर्शनका माहोल तात्तिदै जाँदा सरकार भने संयम भएको छ । उसले बल प्रयोग गरेको छैन । बल प्रयोगले स्थिति थप उत्तेजित हुने देखेर सरकार संयमित भएको हुनसक्छ । कोरोना भाइरसको जोखिम रहेको भन्दै गृह प्रशासनले प्रदर्शन तथा जमघट नगर्न सूचना नै जारी गरेको छ । उसले स्वास्थ्य जोखिमका बखत प्रदर्शन तथा ठुला जमघट गरे कारबाही गर्ने चेतावनी दिएको छ । चेतावनीका बाबजुद प्रदर्शन, भेला र जुलुसहरु बढ्दो छ । सरकारले भने प्रदर्शनलाई निगरानी मात्र गर्ने बल प्रयोग नगर्ने रणनीति लिएको छ ।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
सरकारी जग्गामा व्यक्तिको लालपूर्जा बनाइदिने मालपोत प्रमुख सहित १० जनालाई जेल, नाम सहित
एउटै मान्छेलाई दुईपटक सहिद घोषणा, १४ जना दोहोरिए
एउटै मान्छेलाई दुईपटक सहिद घोषणा, १४ जना दोहोरिए
मेलम्ची खर्चमा मन्त्री विदेश
मेलम्ची खर्चमा मन्त्री विदेश
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
किर्ते गरेको अभियोगमा न्यायाधीशकी श्रीमती सहित आफन्तहरु पक्राउ
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
भिरबाट लडेर महिलाको मृत्यु
भिरबाट लडेर महिलाको मृत्यु