विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
१५ पटक हेरिएको
Shares
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग

सारांश

  • पछिल्लो केही दिनयता चर्चामा रहेको प्रसंग हो बौद्धनाथ स्तुपमा गरिएको ड्रिल ।
  • बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपमा मेलम्ची तथा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको अगुवाईमा ड्रिल गरिएको हो ।
  • लामाले क्षेत्र विकास समिति र पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई मेसिनको प्रयोग गरी स्तुप ड्रिल गरी कुरुप बनाएको भन्दै विरोध भएको छ ।

पछिल्लो केही दिनयता चर्चामा रहेको प्रसंग हो बौद्धनाथ स्तुपमा गरिएको ड्रिल । बौद्धनाथ क्षेत्र विकास समितिको संरक्षणमा रहेको बौद्ध स्तुपमा मेलम्ची तथा बौद्धनाथ घ्याङ गुठीका अध्यक्ष भुपतिबज्र लामाको अगुवाईमा ड्रिल गरिएको हो । लामाले क्षेत्र विकास समिति र पुरातत्व विभागको कुनै स्वीकृति नै नलिई मेसिनको प्रयोग गरी स्तुप ड्रिल गरी कुरुप बनाएको भन्दै विरोध भएको छ । शुक्रबार नेपाल बौद्ध महासंघले विज्ञप्ति निकाली बिरोध गरेको छ ।

बौद्धनाथ चैत्यमा देश विदेशका विभिन्न धर्मसँग सम्बन्धित संघ संस्थाले धार्मिक गतिविधि, पाठपूजा निर्वाध रुपमा प्राचीनकालदेखि नै बौद्ध परम्परा अनुसार गर्दै आएकोमा २०७३ असार ७ गते गुठी संस्थानद्वारा नियुक्त चिनियाँ लामा भूपति बज्र लामाले नियुक्ति भएको दिनदेखि नै बौद्धनाथ चैत्यप्रति आस्था राख्ने बौद्ध धर्मावलम्बीहरुलाई प्रत्यक्ष असर पर्ने गरी अशोभनीय कार्यहरु गर्दै आएको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाको भनाई छ ।

भुपतिबज्र लामाले विश्वसम्पदा सूचिमा सूचिकृत बौद्धनाथ स्तुप परिसरलाई आफ्नो नीजि सम्पत्ति जस्तै गरी देश विदेशका बौद्ध धर्मावलम्बीहरुले बौद्ध परम्पराअनुसार बौद्धनाथ परिसरमा विभिन्न बौद्ध धर्मावलम्बी गोन्पा, संघ संस्थाहरुले पुजा आयोजना गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अनावश्यक विघ्नबाधा गरी पुजा गर्नलाई बञ्चित गर्दै आफूलाई गुरु रिन्पोछे ९आचार्य पद्मसम्भव०को औतारी भनि भ्रमित पार्दै आएको समेत उक्त विज्ञप्तिमा उल्लेख छ । महासंघका अध्यक्ष शेर्पाले स्तुप ड्रिल गरि कुरुप बनाएको प्रति ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?