देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)

सारांश

  • काठमाडौं, २३ जेठ ।
  • ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।
  • देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिंदा आफ्ना समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट १० देखि ११ जनालाई समेटेर पहिलो चरणमा छरितो मन्त्रिमण्डल बनाउने भएका हुन् ।

काठमाडौं, २३ जेठ । ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिंदा आफ्ना समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट १० देखि ११ जनालाई समेटेर पहिलो चरणमा छरितो मन्त्रिमण्डल बनाउने भएका हुन् ।

देउवाको नेतृत्वमा रहने मन्त्रीमण्डलमा पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने छन् । जसमा ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री हुने सम्भावना रहेको स्रोतले बताएको छ । कार्की वा आचार्य मध्ये एकले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पक्का छ ।

यस्तै श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ । श्रेष्ठलाई सम्मानजनक मन्त्रालय दिने पक्षमा देउवा देखिएका छन् । यस्तै वर्तमान मन्त्री परिषदमा रहेर सकरात्मक चर्चा कमाएका केही मन्त्रीलाई समेत कांग्रेसले सरकारमा सहभागी गराउँने बुझिएको छ । यसरी दोहोरीने सम्भावना भएकामा रमेश लेखक र गगन थापाको चर्चा छ । तर पहिलो चरणमा नभएर दोस्रो चरणमा मात्र देउवाले उनीहरुलाई मन्त्री बनाउँन चाहेका छन । यस्तै मिन विश्वकर्मा र भिमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सुचीमा रहेको उच्च स्रोतले जानकारी दियो । यस्तै डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम समेत चर्चामा छ ।

२०६४ सालमै काठमाडौंमा चुनाव जितेका ध्यानगोविन्द रञ्जित पनि मन्त्री हुने सम्भावना रहेको छ । सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बहादुरसिंह थापामध्ये एकजनाले अवसर पाउने बताइन्छ । लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन ।

वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पहिलो चरणको मन्त्री मण्डल विस्तारमा को–को जाने भन्ने सोमबार अबेर रातीसम्म निर्णय गरेको छैन । माओवादीबाट पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा अहिले उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र उर्जामन्त्री रहेका जनार्दनलाई पठाउने गृहकार्य रहेको स्रोत बताउँछ । दुवैले गृह मन्त्रालय रोजेकाले कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने औपचारिक निर्णय भने भएको छैन । माओवादी उच्च स्रोतका अनुसार उपप्रधानसहित परराष्ट्रमा सरकारको नेतृत्व गरेर महरा जाने र गृहमा शर्मालाई पठाउन सक्ने सम्भावना बढी रहेको छ ।

माओवादीबाट दोस्रो चरणको मन्त्रीमण्डलमा प्रभू शाह, गिरिराजमणी पोखरेल, रेखा शर्मा, रामनारायण बिडारी, टेकबहादुर बस्नेत सिता नेपाली जाने चर्चा छ । केपी ओली नेतृत्व सरकारको पालामा सरकारमा सहभागी शक्ति बस्नेत, हरिबोल गजुरेल, अग्नि सापकोटाले पनि चासो राखेको बुझिएको छ । माओवादीले मन्त्रीहरुको आधिकारिक टुंगो भने लगाउन सकेको छैन । अर्थमन्त्री समेत रहेका नेता कृष्णबहादुर महराले मन्त्रीहरुका विषयमा छलफल भईरहेको र टुंगो नलागी सकेको बताए ।

यस्तै हाल सरकारमा रही रहेको विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिक समेत पहिलो चरणमा नै सरकारमा जाने भएको छ । गच्चदार आफै नेतृत्व लिएर हाल सम्हालिरहेकै मन्त्रालय लिने गरी सरकारमा सहभागी हुने लगभग निश्चित भएको स्रोतले बतायो । राप्रपाले भने सरकारलाई समर्थन गर्ने तर सरकारमा जाने नजाने बारे छलफल भइरहेको बताएको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्णय भएको तर सरकारमा सहभागी हुने वा नहुने भन्नेमा भने छलफल जारी रहेको बताए । उनका अनुसार सम्मानजनक अवस्था आए राप्रपा सरकारमा सहभागी हुने छ । तर टुंगो भने लागि सकेको छैन ।

यसैगरी देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दे पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम भने सरकारमा सहभागी नहुने भएको छ । सो दलले संसदीय दलको आइतबारको बैठकबाटै सरकारको समर्थनमा मतदान गर्ने तर सरकारमा भने सहभागी नहुने बताइसकेको छ । यस्तै राजपाले भने आफ्ना मागका बारे सकरात्मक संकेत पाए सरकारको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ । तर सरकारमा भने सहभागी नहुने उसको निर्णय छ । तर सरकारको समर्थनमा रहेका केही अन्य साना दलका केही नेता समेत पहिलो चरणमा नै मन्त्री बन्ने छन ।

अाजको राजधानी दैनिकमा खबर छ–

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्स्टाविरोधी सेलेना
इन्स्टाविरोधी सेलेना
‘भाडा सफा तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ’
‘भाडा सफा तर चामल, सब्जी चाँही बिषादी मिसिएको छ’
राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…
राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान
माइक्रोले मोटरसाइकल हान्यो, चालकको मृत्यु
Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources
समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री नारायणकाजी श्रेष्ठ