‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई
सारांश
- मणिपुर।
- मिस इण्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले चुमेकी छन्।
- भारतको मणिपुरको इम्फालमा आयोजित मिस इण्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इण्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिर्याएकी हुन्।
मणिपुर। मिस इण्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले चुमेकी छन्।
भारतको मणिपुरको इम्फालमा आयोजित मिस इण्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इण्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिर्याएकी हुन्। अब नन्दिनी मिस वल्ड-२०२३ मा भारतको प्रतिनिधित्व गर्ने भएकी छन्।
प्रतियोगितामा श्रेया पूजा फष्र्ट रनरअप र स्ट्रेला थौनाओजम लुवांग सेकेण्ड रनरअप भइन्। नन्दिनी हाल मुम्बईको एक कलेजबाट व्यवसाय व्यवस्थापन संकायको स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत रहेकी छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया