अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
सारांश
- काठमाडौं, ५ बैशाख ।
- मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहक्षेत्र कालिकोटको पचालझरणा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सबै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् ।
- मुख्यमन्त्री शाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा नहुने बताउदै सबै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
काठमाडौं, ५ बैशाख । मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहक्षेत्र कालिकोटको पचालझरणा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सबै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा नहुने बताउदै सबै जनता उत्पादनमा लाग्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
पचालझरणा पर्यटन तथा साँस्कृतिक महोत्सवको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, “अहिलेसम्म हामी अर्काका भरमा बाँच्यौं, अब कर्णालीको प्राकृतिक स्रोतलाई प्रयोग गरेर आत्मनिर्भर बन्नुपर्छ ।”
पर्यटन र कृषिमार्फत कर्णालीलाई समृद्ध र आत्मनिर्भर बनाउने योजना सरकारले लिएको बताउदै मुख्यमन्त्री शाहीले आगामी बजेटमा समेत विशेष व्यवस्था गर्ने बताए । उत्पादनमूलक कामका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्ने समेत उनको भनाई थियो ।
राज्यसत्ताले गरेको विभेदको अन्त्यका लागि कर्णालीले आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले अब विकास र समृद्धिको नेतृत्व लिने बताए । मतदाताहरुको विश्वासका कारण कर्णालीको नेतृत्व गर्ने अवसर आफूले प्राप्त गरेको बताउदै मुख्यमन्त्री शाहीले जनताको समृद्धिको सपना पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । पहिलोपटक गृहक्षेत्र पुगेका मुख्यमन्त्री शाही आज स्थानियवासीसँग पचालझरणामै बस्ने कार्यक्रम रहेको छ ।
Bhakta Bdr Sodari
Vasttachari Mantiri