निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
४० पटक हेरिएको
Shares
निवर्तमान सभामुख कृष्णबहादुरले फिर्ता गरे सरकारी सुविधा

सारांश

  • निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।
  • महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको जानकारी दिए ।
  • महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा तैनाथ थिए ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको जानकारी दिए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा तैनाथ थिए ।

गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले बताए । सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ । संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनामा दिएका थिए ।

महराले बालुवाटारस्थित सरकारी भवन पनि अर्को डेरा पाउने बित्तिकै छोड्ने महराका सञ्चारविज्ञ मल्लले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
को हुन् मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिक स्टीफन हकिङ्ग ?
को हुन् मर्छ भन्दाभन्दै चर्चित बनेका वैज्ञानिक स्टीफन हकिङ्ग ?
नसर्ने रोगको उपचार सेवालाई विस्तार गरिँदै
नसर्ने रोगको उपचार सेवालाई विस्तार गरिँदै
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
मन्त्रिपरिषद बैठक स्थगित हुनुको कारण प्रदेशको अस्थायी मुकाम विवाद !
महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डको कब्जामा, भारत पराजित
महिला विश्वकप क्रिकेटको उपाधि इङ्ल्यान्डको कब्जामा, भारत पराजित
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना