आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
३१ पटक हेरिएको
Shares
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम

सारांश

  • काठमाडौं, २ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले बाम गठबन्धन सरकारको नेतृत्व गरेको महिनादिन पुगिसक्दा पनि मन्त्रिपरिषदले अझै पूर्णता पाइसकेको छैन ।
  • आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको छ ।
  •   सरकारको आज विस्तार हुनसक्ने मन्त्री लालबाबु पण्डितले बताएका छन् ।

काठमाडौं, २ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले बाम गठबन्धन सरकारको नेतृत्व गरेको महिनादिन पुगिसक्दा पनि मन्त्रिपरिषदले अझै पूर्णता पाइसकेको छैन । आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको छ । 

सरकारको आज विस्तार हुनसक्ने मन्त्री लालबाबु पण्डितले बताएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, संघीय फोरम, राजपालाई समेत समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्।

प्रधानमन्त्रीले हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेतासँग अनौपचारिक छलफल गरेको बताइएको छ ।

सरकारमा कास कसलाई पठाउने भन्ने बारेमा एमाले र माओवादी भित्र केही नामको चर्चा चलेपनि अझै निक्र्यौल भने भइ नसकेको नेताहरुले बताएका छन् ।

यस अघि नै भागण्डा मिलाइसकेका दुई पार्टी एमाले र माओवादीले फोरम र राजपालाई भाग दिनुपर्ने भएको छ । दुवै पार्टीका मन्त्रालय घटाएर दिँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग पर्ने बताइएको छ । राजपा सरकारमा आए दुई मन्त्रालय दिनुपर्नेछ ।
६ मन्त्रालय पाउँदा उसले प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ।

एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ। एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !
सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ !
द म्यान फ्रम काठमाण्डूमा गुल्सनसँग नेपालि कलाकार ।
द म्यान फ्रम काठमाण्डूमा गुल्सनसँग नेपालि कलाकार ।
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
The Benefits of a Board Portal
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र
रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट

तपाईंले छुटाउनुभयो कि?