यी हुन् अन्धोपनाबाट बच्ने उपायहरु !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
यी हुन् अन्धोपनाबाट बच्ने उपायहरु !

सारांश

  • चितवन, २५ असोज ।
  • मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् ।
  • आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ ।

चितवन, २५ असोज । मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् । आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा स्वास्थ्य शिक्षा प्रशिक्षक बिमल पौड्यालका अनुसार मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, भिटामिन ‘ए’को अभावका कारण अन्धोपना हुने गर्दछ । पहिले ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यसको उन्मूलन भएको उनले बताए । विशेषत ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट बच्न सकिन्छ । पौडेलका अनुसार नेपालमा हरेक वर्ष दुई लाख जना नेपालीको मोतिविन्दुको शल्यक्रिया हुन्छ । थप ३० हजारले शल्यक्रियाका लागि हरेक वर्ष पर्खनुपर्ने उनी बताउँछन् ।

अन्धोपनाको अर्को कारण वंशाणुगत रोग जलविन्दु हो । जलविन्दु लागिसकेपछि पुनः दृष्टि फर्काउन कठिन हुन्छ । समयमै पत्ता लागेमा रोगथाम गर्न सकिने विज्ञहरु बताउँछन् । आँखा रोग विशेषज्ञ डा पुष्पा गिरी ४० वर्ष नाघेका व्यक्तिले आँखाको चाप परीक्षण गर्नुपर्ने सुझाव दिन्छन् । समय समयमा आँखा परीक्षण गरेर यो रोगको रोगथाम गर्नुपर्ने उनको सुझाव छ । अन्धोपनाको अर्काे कारण चोटपटक हो । आँखामा चोटपटक लागेमा अल्सर भएर फुलो पर्ने गर्दछ । डा गिरीका अनुसार यस्तो अवस्थामा हेलचेक्र्याईं नगरी तत्काल चिकित्सकको सल्लाहमा उपचार थालेमा आँखा बचाउन सकिन्छ । नेपालमा आफूखुशी औषधि प्रयोग गरेर धेरै दृष्टिविहीन भएका छन् ।

पछिल्लो समय मधुमेहका बिरामी थपिँदै गएसँगै उनीहरुको आँखा उच्च जोखिममा रहने चिकित्सकहरु बताउँछन् । समय समयमा परीक्षण नगरेमा अकस्मात अन्धोपना हुनसक्ने खतरा हुन्छ । यस्तो अवस्थामा दृष्टि फर्काउन मुस्किल पर्छ । डा गिरिको भनाइअनुसार मधुमेहका बिरामीले समय समयमा आँखाको परीक्षण गरेमा आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ । बालबालिका जन्मदैमा अन्धोपना भएको हुन सक्छ । त्यस्ता बालबालिका पढाइमा पनि कमजोर हुने गर्दछन् । कक्षाकोठाको पाटीमा लेखेको नदेख्ने समस्या हुन सक्छ । समयमै परीक्षण गरेर उपचार थालेमा बालबालिकालाई अन्धो हुनबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । डा गिरि भन्छन्, “बालबालिकालाई विद्यालय पठाउनुपूर्व आँखाको परीक्षण गर्न सकेमा दृष्टिविहीन हुनबाट बचाउन सकिन्छ ।”

यसैबीच नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले आज एक कार्यक्रमको आयोजना गरी विश्व दृष्टि दिवस मनाएको छ । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, पूर्वसभापति प्रभातकुमार जोशी, सभापति कृष्ण धरेल लगायतले आँखाको ज्योति गुम्नबाट बचाउन समय समयमा परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए । त्यसअघि भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी भरतपुर आँखा अस्पतालमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राकृतिक कारणबाट गैँडा मर्नेको सङ्ख्या बढ्दो
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
एमालेले अहिलेसम्म कहाँ–कहाँ जित्यो ? यसरी कांग्रेस र माओवादीले पिछा गरिरहेका छन् !
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !
Road crash claims four lives !
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.