आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २१, २०७६
|
|
१९ पटक हेरिएको
Shares
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै

सारांश

  • सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले तराईका जिल्ला खाली गर्दै पहाडमा फौज थुपारेको बिषय र भोलि कुनै संकट आएमा २ नम्बर प्रदेशका जिल्लामा अनिष्ट हुने समाचार साँघुले उजागर गरेपछि उनी आफ्नै मातहतका तल्लो दर्जाका ब्यक्तिबिरुद्ध पत्रकार बोलाउँदै समाचार छपाउन थालेका छन् ।
  • उनले अदृश्य शक्तिको इशारामा मन्त्रिपरिषदको निर्णय अनुसारको दरबन्दी संरचना नै आफूखुसी परिवर्तन गरी २ नम्बर प्रदेशका ८ जिल्लाबाट फौजको संख्या घटाउने, राजमार्ग र सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलका युनिट खाली गराउने काम गरेको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर भएको समाचार छ ।
  • तराईका जिल्लाको सुरक्षा संवेदनशीलता अनुसार फौजको संख्या थप गर्नुपर्नेमा झन् घटाएको बिषयमा सेनाले समेत चासो राखेको स्रोतले बताएको छ ।

सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले तराईका जिल्ला खाली गर्दै पहाडमा फौज थुपारेको बिषय र भोलि कुनै संकट आएमा २ नम्बर प्रदेशका जिल्लामा अनिष्ट हुने समाचार साँघुले उजागर गरेपछि उनी आफ्नै मातहतका तल्लो दर्जाका ब्यक्तिबिरुद्ध पत्रकार बोलाउँदै समाचार छपाउन थालेका छन् । उनले अदृश्य शक्तिको इशारामा मन्त्रिपरिषदको निर्णय अनुसारको दरबन्दी संरचना नै आफूखुसी परिवर्तन गरी २ नम्बर प्रदेशका ८ जिल्लाबाट फौजको संख्या घटाउने, राजमार्ग र सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलका युनिट खाली गराउने काम गरेको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर भएको समाचार छ ।

तराईका जिल्लाको सुरक्षा संवेदनशीलता अनुसार फौजको संख्या थप गर्नुपर्नेमा झन् घटाएको बिषयमा सेनाले समेत चासो राखेको स्रोतले बताएको छ । सशस्त्र प्रहरी बलले पहिला सीमा सुरक्षा र राजमार्ग सुरक्षाको मुख्य जिम्मेवारी लिएको थियो । तर अहिले सीमा सुरक्षा र राजमार्ग सुरक्षाका लागि खडा गरिएका गणहरुमा ५ जना रुङ्नका लागि मात्र जनशक्ति राखिएको छ ।

बोर्डर आउटपोष्ट हटाएर सीमा सुरक्षाका युनिटको संख्या बढी देखाए पनि तिनमा बढीमा ५ देखि ७ जनामात्र राखिएको छ । जबकि बोर्डर आउट पोष्टमा ५० जनासम्मको फौज हुन्थ्यो । यसरी सशस्त्र प्रहरी बलको मर्म र भावनामाथि खेलबाड गर्ने नेतृत्वले आफ्नै मातहतका अधिकृतबिरुद्ध समाचार छपाउन तल्लीन छ । उहिल्यै छानबिन गरी टुंगिसकेको र दोषी समेत कारबाही भोगिसकेको बिषयमा उनले सशस्त्रको आगलागी प्रकरण पनि उनले उछाल्ने काम गरेका छन् ।

प्रायोजित समाचार आफ्नै मातहतका प्रहरी कर्मचारीबिरुद्ध लेखाउँदै आएका आइजीपी खनालले सशस्त्रमा गुटबन्दीको हद नै नाघेका छन् । क्षमतावान अधिकृतहरु उनको निशाना बनेका छन् । उनलाई मन नपर्ने क्षमतावान नै भए पनि १ बर्षमा ३ देखि ४ ठाउँमा सरुवा गरी सास्ती दिने गरेका छन् । सशस्त्रमा साउनमा सरुवा हुन्छ । त्यो सरुवामा आफ्ना निकटहरुलाई मात्र राम्रो ठाउँ दिनका लागि उनले विभिन्न अधिकृतको बिरुद्ध मिडियाबाजी गराउँदै आएको सशस्त्रका एक उच्च अधिकारीले बताएका छन् । (२०७६ असार १६, साँघु सप्ताहिक)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?