विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
विप्लवप्रति सरकार झन कठोर, सुरक्षा निकाय हाई अलर्टमा

सारांश

  • काठमाडौं।
  • सरकारले विप्लव माओवादीको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा संगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ।
  • मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता कृयाकलापमा बिप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
काठमाडौं। सरकारले विप्लव माओवादीको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा संगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ।
मुलधारको राजनीति भन्दा बाहिर गएर हत्या हिंसा जस्ता कृयाकलापमा बिप्लव नेतृत्वको माओवादी लागेपछि सरकारले प्रतिबन्ध लगाउने निर्णय पछि उसबाट हुन सक्ने हिंसात्मक कृयाकलापलाई नियल्न समेत सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
हतियार बोकेर हिँडेको फेला परे गोली हान्न समेत सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ।
बिना हतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तालाई पनि उच्च निगरानी राख्न निर्देशन दिएको छ।
बिप्लव समूहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो।
तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो।
सरकारले सुरक्षा फौज रहेको स्थान र त्यहां कार्यरत सुरक्षाकर्मीको अवस्थाको वारेमा जानकारी लिन पनि सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।
बिप्लव माओवादीले गर्न सक्ने ध्वंम्सात्मक गतिविधिलाई नियन्त्रण गर्न तथा उनीहरुबाट हुने कुनैपनि गतिविधि बैधानिक नहुने भएकाले नियन्त्रण गर्न देशभरका सबै युनिटलाई सशस्त्र प्रहरीले पनि निर्देशन दिएको छ।
नेपाली सेनाले समेत अहिलेको अवस्थालाई नजिकबाट निहाली रहेको र विप्लवका कार्यकर्ताबाट हुने गतिविधिको बिष्लेषण गरीरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्
नेकपा सचिवालय बैठक सुरु: ओली पक्षधर कोही पनि गएनन्, बादल पनि अनुपस्थित्
कम हुँदै कोरोना भाइरस सङ्क्रमित
कम हुँदै कोरोना भाइरस सङ्क्रमित
पहाडी भेगमा टिमुर खेती
पहाडी भेगमा टिमुर खेती
यूएई विरुद्धका खेलका यी हुन् नायकहरु, जसका कारण नेपालले जित्यो
यूएई विरुद्धका खेलका यी हुन् नायकहरु, जसका कारण नेपालले जित्यो
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार
रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजदरमा कार
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
छोरा मलेसियाको जेलमा : नेपाल ल्याइदिन आमा र परिवारको आग्रह
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)

तपाईंले छुटाउनुभयो कि?