आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?
सारांश
- काठमाडौँ ।
- आज (शुक्रबार)नेपाली बजारमा सुनको भाउ घटेको छ ।
- बिहिबार ८ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको छ।
काठमाडौँ । आज (शुक्रबार)नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहिबार ८ सय रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको छ।आज छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला छापावाल सुन ७३ हजार ४ सय तथा तेजावी सुन ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउसँगै आज चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । आज चाँदीको भाउ प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया