दमनाथलाई सघाए नेमकिपाको अस्तित्व समाप्त हुन्छ – बस्नेत
सारांश
- भक्तपुर, मंसिर ५ ।
- भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेद्धवार दमननाथ ढुँगानालाई सहयोग गरे पार्टी कांग्रेसमा विलय गरेसरह हुने भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका वाम गठबन्धनबाट संयुक्त उम्मेद्धवर रहेका एमाले नेता महेश बस्नेतले बताएका छन् ।
- भक्तपुरको गुण्डुमा रिपोटर्स क्लबको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
भक्तपुर, मंसिर ५ । भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेद्धवार दमननाथ ढुँगानालाई सहयोग गरे पार्टी कांग्रेसमा विलय गरेसरह हुने भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका वाम गठबन्धनबाट संयुक्त उम्मेद्धवर रहेका एमाले नेता महेश बस्नेतले बताएका छन् ।
भक्तपुरको गुण्डुमा रिपोटर्स क्लबको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘नारायणमान विजुक्छेजीको पार्टीले दमनाथ ढुंगानालाई सहयोग गर्नु भनेको नेमकिपाको अस्तित्व समाप्त हुनु हो, त्यसैले यदि उहाँले त्यसो गर्नु भयो भने पार्टी कार्यालयमा कांग्रेसको झण्डा गाढे हुन्छ’ उनले भने।
एमाले–माओवादी केन्द्रवीच बनेको वाम गठबन्धनलाई वाम गठबन्धन नदेख्दे विजुक्छेले कांग्रेसका उम्मेद्धवारलाई सहयोग गर्नु भनेको नैतिक रुपमा स्खलित हुनुसरह भएकोले नेमकिपाले त्यस्तो नगर्ने उनको भनाई थियो।
पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले भक्तपुरमा नेमकिपाको खासगरी नारायणमान विजुक्छे ‘रोहित’ को किल्ला भत्किएको दाबी गरे।
‘स्थानीय तहमा ७५ प्रतिशत उहाँको किल्ला भत्किएको छ, प्रतिनिधि सभामा पनि अब भत्किँदैछ, सुरुमा अम्बा खान गाराे हुन्छ, पहिलो गाँस हामीले खाईसक्यौं, अब स्वाद आउँछ’ उनले भने।
बस्नेतले आफूले चुनावपछि हार्दापनि यो क्षेत्रको विकासको लागि अहोरात्र खटेको र लागिपरिहेको जिकिर गर्दै भने,‘यो कुरा यहाँका मतदाताहरुलाई सोध्दा हुन्छ, मैले चुनाव हार्दापनि कसरी यहाँको विकास गर्न सकिन्छ भनेर दिनरात काम गरेको छु, अब हाम्रो समृद्धि र विकासको प्रमुख नारा हो । स्थिर सरकार दिने, भ्रष्टाचारमुक्त देश बनाउने हाम्रो एजेण्डा छ।’
उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले अबको निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे । उनले थपे,‘हाम्रो वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ, प्रचण्ड र ओलीवीचको समस्या आएन भने अबको ४० वर्ष कम्युनिष्ट सरकार दीर्घकालिन विकासमा लाग्छ।’
उनले प्रचण्ड र ओलीवीचको एकता प्रयासलाई भर्खरै हुन लागेको विवाहको संज्ञा समेत दिए । उनले थपे,‘विवाह भैरहेको बेला सम्बन्धविच्छेद हुन्छ भनेर सोध्नुहुँदैन, कमरेड प्रचण्डलाई हामी सम्झाउँछौं, किनकी दुवै पार्टीमा मजस्त युवा नेताहरु छौं, हामी दुवै नेताहरुलाई सम्झाउँछौं।’
उनले आफू ०७० मा पराजित हुनुको प्रमुख कारण त्यतिखेर आफूसँग नाम थियो तर भक्तपुरको विकासकोलागि गरेका कामहरु कम भएको स्विकार गरे । उनले भने,‘०७० म चुनाव लड्दै गर्दा त्यतिखेर म नाम लिएर आएको थिएँ, अहिले हामी नाम र काम लिएर आएका छौं । हामी वामको उम्मेद्धवार भन्दापनि आम मतदाताको उम्मेद्धवार हौं ।’
उनले कांग्रेसबाट उम्मेद्धवार बनेका पूर्व सभामुख दमननाथ ढुँगानालाई हेभी वेटको रुपमा लिएको उल्लेख गर्दै भने,‘उहाँलाई सम्मान दिनुपर्छ, भक्तपुरका जनताले उहाँलाई सम्मान र मलाई नै मतदान दिनुहुन्छ । हामी उहाँको सम्मान गर्छौं, सम्मानको कल्चर हमीसँग छ । उहाँका राय सल्लाह अनुसार हामीले सदनमा भूमिका खेल्ने हो । किनकी विजयी हाम्रो सुनिश्चित छ।’
भक्तपुर कांग्रेसको गढ हो नि भनेर सोधिएको एक प्रश्नमा उनले थपे,‘तपाईले ०७० सालको परिणामको कुरा गर्नुभएको होला, यो बीचमा भक्तपुरको हनुमन्ते खोलामा धेरै पानी बग्यो।’
Bashanta Paudyal
Harne manasikata
Yadav Shah
किन ?
Shyam Shubham Giri
नेमकिपा को होईन तिम्रो अस्तित्व चाही समाप्त हून्छ एैले जितेनौ भनि आगमी ५ बर्ष भित्र पाटीमा वली को अध्याय समाप्त हून्छ वली को अध्याय समाप्त हूनू भनेको तिम्रो चूरीफूरी सून्यमा झरी धोबी को कूत्ता सावित हूनू हो.
Narbahadur Gharti
निमकिपाको होइन अब महेश बस्नेतको अस्तित्व समाप्त हुदैछ ओलीको भुएचढेर नेता भएको सबैलाई थाहा छ