चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
४५ पटक हेरिएको
Shares
चुनाव प्रचार प्रसारमा उम्मेदवार व्यस्त

सारांश

  • पोखरा, ३० कात्तिक : निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
  • जिल्लाभित्र बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री समेतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका कारण चुनावमा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।
  • तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता रहेका छन् ।

पोखरा, ३० कात्तिक : निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका राजनीतिक दलका उम्मेदवारले आफ्नो चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

जिल्लाभित्र बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री समेतका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका कारण चुनावमा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा दुई लाख ५५ हजार ४५२ मतदाता रहेका छन् । स्थानीय आवश्यकता र विकासका मुद्दालाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारहरू भोट माग्दै घरदैलो पुगेका छन् ।

काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आज पोखरा–लेखनाथ महानगरपालिका– ३१ मा घरदैलो गर्नुभएको छ । उक्त वडामा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाँले आफूले संसद् विकास कोषमार्फत वेगनास–भोर्लेटार सडकको स्तरोन्नतिको कार्य अघि बढाएको बताउनुभयो ।

जनताका आवश्यकताअनुरुप आफूले विकास निर्माणका योजना अघि बढाउने उहााको भनाइ छ । उहाँले यस क्षेत्रका गाउँपालिकाका साथै महानगर घोषणा भएर पनि विकासका दृष्टिले ओझेलमा परेका वडाको समृद्धिलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

नेकपा (एमाले)का नेता एवम् कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले पोखरा–लेखनाथ महानगरपालिका–२१ मा आज घरदैलो गर्नुभएको छ । घरदैलोका क्रममा उहाँले सम्भावना भएर पनि विकासका दृष्टिले ओझेलमा परेका बस्तीको विकासका माध्यमबाट जनताको जीवनस्तर उचो बनाउने बताउनुभयो ।

नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ प्रदेशसभा (क)का उम्मेदवार हेमबहादुर थापा (किरण) र समानुपातिक उम्मेदवार चेतबहादुर महतले पोखरालेखनाथ महानगरपालिका–३३ चवादीमा आज घरदैलो गर्नुभएको छ ।

कृषि तथा जलस्रोतको धेरै सम्भावना भएर पुल तथा बोटाघाटोका अभावले चवादी ओझेलमा परेको भन्दै थापाले यी सबै विकासका सम्भावनालाई उजागर गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।

विभिन्न नयाँ कार्यक्रमका साथ कास्कीका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको विवेकशील साझा पाटीले गाउँ, बस्ती र टोलमा प्रचारात्मक कार्यक्रमलाई अघि बढाएको उक्त पार्टीका निर्वाचन परिचालन समिति सदस्य राम गुरुङले बताउनुभयो ।

अबका केही दिन पर्चा तथा कार्यकर्ता परिचालनका माध्यमबाट पार्टीले लिएका उद्देश्य र घोषणापत्र सम्बन्धमा जनतालाई सुसूचित गराइने जानकारी दिँदै उहाँले केही दिनपछि मात्र उम्मेदवारसहित घरदैलो गरिने बताउनुभयो ।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो
सेक्सी भन्ने र प्रस्ताव गर्ने त धेरै छन् तर गर्न त म मरिगए नि गर्दिन : कला राई
सेक्सी भन्ने र प्रस्ताव गर्ने त धेरै छन् तर गर्न त म मरिगए नि गर्दिन : कला राई
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
सिलवाललाई उपस्थित गराइदिन  ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
सिलवाललाई उपस्थित गराइदिन ७७ जिल्लामा प्रहरी मुख्यालयले यस्तो सर्कुलर जारी गर्यो
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
मोहनविक्रम सिंहले लेखेको चलचित्र “फागुन २४” दाङमा पनि
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
दम्पतीलार्इ खोलाले बगाउदा श्रीमानको शव भेटियो, श्रीमती वेपत्ता
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
सुभेच्छा र राजु गिरि बिचको तनावले ‘शिवम’को रिलिज डेट सर्यो
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक