किन उठ्यो मन्त्री लालबाबु पण्डितलाई कारवाहीको माग ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठेको छ ।
  • प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमाशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिएको भन्दै मन्त्री पण्डितलाई कारवाही गर्न माग गरेका हुन् ।
  • अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधान विपरित अभिव्यक्ति दिदै हिड्ने मन्त्रीलाई कारवाहीको दायरामा ल्याउन सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेरका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमाशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिएको भन्दै मन्त्री पण्डितलाई कारवाही गर्न माग गरेका हुन् । अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधान विपरित अभिव्यक्ति दिदै हिड्ने मन्त्रीलाई कारवाहीको दायरामा ल्याउन सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेरका छन् । उनले रुलिङको माग समेत गरे । समानुपातिक समावेशीतालाई उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कारवाही हुनु पर्ने उनको भन ाई छ । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई कारवाहीको घेरामा ल्याउनै पर्ने अगरियाको जिकिर छ ।

सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित आएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएको टिप्पणी गरे । अर्का सांसद प्रदीप यादवले लालबाबुको नाम नलिइ जथाभावी अभिव्यक्ति दिने साइकलमन्त्रीलाई लगाम लगाउन माग गरे ।

यो पनि पढ्नुस
गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लियो– रमेश पौडेल

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले गुठी विधेयक विरुद्ध आन्दोलन गरिएकोमा आश्चर्य प्रकट गरेका छन् ।सनराइज खबरसँग कुरा गर्दै उनले भने– ‘गुठी विधेयक मैले पूरै पढें । राष्ट्रिय सभामा दर्ता भएको छ । सार्वजनिक भइसकेको दस्तावेजका बारेमा समेत यति झुठ कुरा गरेर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास देखेर म छक्क परेको छु ।’गुठी विधेयक विरुद्ध मधेसवादी दलभित्रका केही पहाडी अनुहारहरुले आन्दोलन थालेको र उनीहरुका पछाडि नेपाली कांग्रेस लाग्नु अनौठो लागेको उनले बताए । उनले भने– ‘कुनै न कुनै बहानामा उनीहरुलाई आन्दोलन गर्नु थियो, आन्दोलन पनि जातीय धार्मिक सदभाव विथोल्ने खालको गर्नु थियो, उनीहरुले गुठी विधेयकलाई बहाना बनाए ।’

‘तर मलाई अचम्म लागेको छ’– उनले भने– ‘उनीहरुले गुठी विधेयक धर्म संस्कृति र जातजाति विरोधी छ भनेर यति धेरै भ्रम फैलाइरहेका छन् कि जनताको एउटा तप्का भ्रमित हुन थालेको छ । उनीहरुले विधेयकका खासखास टुक्रा निकालेर नकारात्मक ढंगले प्रचार गरिरहेका छन् । म सबैलाई विधेयक पढ्न अनुरोध गर्छु ।’नेपालमा कांग्रेसले गुठी जग्गा स्वाहा पारेको दावी गर्दै रमेशले भने– ‘०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री तथा भूमिसुधार मन्त्री थिए, उनले एक सय ६० रुपैयाँ तिरेर गुठी जग्गालाई रैतानीमा परिणत गर्न सकिने व्यवस्था ल्याए । उनको पालामा ठूलो परिमाणमा गुठी जग्गालाई रैतानीमा परिणत गरेर लुट मच्चाइएको थियो । यही धन्दा गरेर कांग्रेसका धेरैजनाले काठमाडौंमा घर ठडाएका थिए ।’

०४१ सालदेखि ०६४ साल बीचमा ११ लाख विगाहा जग्गा गुठीबाट रैतानीमा परिणत गरिएको तथ्यांक प्रस्तुत गर्दै रमेशले भने– ‘गुठी प्राधिकरण बनाइएपछि गुठी जग्गा लुट्न नपाइने भयो । यसबाट भूमाफियाहरु पीडित हुने भए । त्यसैले भूमाफियाहरुले गुठी विधेयक खासगरी काठमाडौंको नेवार समुदाय विरोधी छ भनेर दुष्प्रचार गरिरहेका छन् ।’गुठी विधेयकले भूमाफिया र सामन्तहरुको मुटु हल्लिएको दावी गर्दै उनले भूमाफिया र सामन्तहरुले कुन हालतमा नजित्ने दावी गरे ।

 

(https://boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित, रेकर्ड तोडियो
आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
आफैँलाई आगो लगाएकी महिलाको उपचारका क्रममा मृत्यु
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत
डडेलधुरामा शेरबहादुर देउवा विजयी, सागरले पाए १३ हजार मत
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे
शान्ति प्रक्रियाको शुरुवात विन्दु सिक्लेसमा पुगी यस्तो भने प्रचण्ड र सिटौला
शान्ति प्रक्रियाको शुरुवात विन्दु सिक्लेसमा पुगी यस्तो भने प्रचण्ड र सिटौला
लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ

तपाईंले छुटाउनुभयो कि?