सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सिके राउतलाई काट्ने धम्की दिएपछि बारा मतदान केन्द्रमा खैलाबैला

सारांश

  • काठमाडौं ।
  • बारामा जनता समाजवादी पाटी (जसपा)का कार्यकर्ताहरुले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई काट्ने धम्की दिएपछि खैलाबैला मच्चिएको छ ।
  • उपनिर्वाचनका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेको र आफूलाई काट्ने धम्की दिएको राउतले बताएका हुन् ।

काठमाडौं । बारामा जनता समाजवादी पाटी (जसपा)का कार्यकर्ताहरुले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई काट्ने धम्की दिएपछि खैलाबैला मच्चिएको छ । उपनिर्वाचनका क्रममा बारा क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेको र आफूलाई काट्ने धम्की दिएको राउतले बताएका हुन् ।

बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले ४–५ वटा मतदान केन्द्रमा जसपाले बुथ कब्जा गरेको आरोप उनले लगाए ।

त्यस्तै बुथ कब्जा गर्ने कार्यमा प्रहरी प्रशासनको पनि मिलोमतो रहेको उनले दाबी गरे । ‘ बुथ कब्जा गर्ने कार्यमा प्रहरीको पनि मिलेमतो रहेको देखिन्छ । अर्को कुरा जसपाका कार्यकर्ताले काट्ने धम्कीसमेत दिएका छन् ,’ राउतले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?