आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण

सारांश

  • काठमाडाै, १० मंसिर ।
  •    बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा केही नजिकका साथीभाइ र आफन्तजनहरुबीच विवाह गरेर भारत फर्किएका छन् ।
  • भारत फर्किएसँगै दीपिका र रणवीर विवाहको खुसियाली मनाइरहेका छन् ।

काठमाडाै, १० मंसिर ।   बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा केही नजिकका साथीभाइ र आफन्तजनहरुबीच विवाह गरेर भारत फर्किएका छन् । भारत फर्किएसँगै दीपिका र रणवीर विवाहको खुसियाली मनाइरहेका छन् । हालै रणवीर सिंहकी दिदी रितिका भवनानीले नवविवाहित जोडीको विवाहको खुसियालीमा मुम्बईमा भव्य पार्टीको आयोजना गरेकी थिइन् । त्यो पार्टीमा रणविर र दीपिकाले निकै रमाइलो पनि गरे ।

तर पार्टीका भिडियो तथा फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै दीपिकाले पार्टीमा लगाएको पहिरनको यतिबेला ट्रोलर्सले निकै मजाक उडाइरहेका छन् । दीपिकाले चर्चित डिजाइनर सब्या साचीले डिजाइन गरेको लेहङ्गा लगाएकी थिइन् भने रणवीर सिंहले मनीष अरोडाले डिजाइन गरेको पहिरन लगाएका थिए ।  रणवीर सिंह उनको फिल्म पद्यमावतको चरित्र खिलजीबाट प्रभावित मेकअपका साथ रंगीबिरंगी ज्याकेट लगाएका थिए र दीपिकाले रंगीबिरंगी फुलबुट्टे लेहङ्गा, टाउकोमाथि रातो रंगका गुलाबका फूलहरु सजाएर लामो घुम्टी आढेकी थिइन् । उनले अनुहारमा मेकअप पनि अलि बढी नै गरेकी थिइन् । दीपिकाको यस किसिमको पहिरन र मेकअप फ्यानहरुले रुचाएनन् । यसअघि पहिरनकै कारण बेला–बेलामा ट्रोल हुने गरेका रणवीर सिंहका साथै यस पटक दीपिकाको पनि मजाक उडाइएको छ ।साथै रणवीर सिंहका साथमा विवाह गरेपश्चात दीपिकाको ड्रेसिङ सेन्स पनि हराएको भन्दै मजाक उडाइएको छ । दीपिकाको लागि यस किसिमको पहिरन डिजाइन गर्ने डिजाइनर सब्यासाचीको पनि मजाक उडाइएको छ । 

ट्रोलर्सले दिपिकाको मेकअप उनले कपालमा लगाएका गुलाबका फूलहरु र लुगाको मजाक उडाउँदै कमेन्ट गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?