दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु

सारांश

  • बैंकक ।
  • दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
  • डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

बैंकक । दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित छ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए ।

उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन् । वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ ।

स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाहरूले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ । राहत टोलीहरूले बोतलबन्द पानी र खाजा वितरण गर्न तथा क्षति वा हताहतको जाँच गर्नका लागि रातभर काम गरेका छन् ।

थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार बुधबार बिहान बाढीको सतह कम भएको छ ।

मलेसियाको सीमामा रहेको नाराथिवाट प्रान्तमा ट्र्याक धसेका कारण केही रेल सेवा धेरै दिनसम्म बन्द भएपछि पुनः सञ्चालनमा आएको उपगभर्नर प्रिचाले बताए ।

वर्षाको मौसममा सामान्यतया समयसमयमा बाढीको प्रकोप देखिए पनि वैज्ञानिकहरूले मानवनिर्मित जलवायु परिवर्तनले वर्षालाई अझ तीव्र बनाएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?