विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
सारांश
- काठमाडौं।
- वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।
- नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन्।
काठमाडौं। वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन्।
नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन्।
कोशी प्रदेशमा पूर्ण अवरोध
संखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ।
भोटेखोला गाउँपालिका- स्थित बरुण खोलामा २०८२ जेठ ६ गतेदेखि नै अविरल वर्षाले राजमार्ग पूर्ण रूपमा बन्द छ।
मकालु गाउँपालिका-३ एकुवामा पनि २०८२ भदौ १५ देखि सडक सुचारु हुन सकेको छैन। वर्षा नरोकिएसम्म राजमार्ग सञ्चालन असम्भव रहेको स्थानीय प्रशासनले जनाएको छ।
बागमती प्रदेशमा जोखिम बढ्दो
रसुवा जिल्लामा चीनसँगको सीमाना जोड्ने पुलमा बाढीका कारण असार २४ देखि नै आवागमन ठप्प छ। यस्तै, गोसाइकुण्ड गाउँपालिका–२ को तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा समेत पहिरोले राजमार्गहरू अवरुद्ध छन्।
भोटेकोशी गाउँपालिका-४ चारकिलोमा गएको पहिरोले असोज १६ बिहान ८ः१५ बजेबाट सडक बन्द भएको हो।
धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बि.पि. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ।
काठमाडौंबाट बाहिरिने मार्ग होल्ड
काठमाडौं चन्द्रागिरि नगरपालिका हुँदै धादिङ र मकवानपुरतर्फ जाने पृथ्वी लोकमार्ग तथा अरनिको राजमार्गमा समेत अहिले सवारी साधन रोकिएको छ। नागढुङ्गा, गोदाम र टखेल मार्ग हुँदै बाहिरिने सबै सवारी साधनहरू अर्को आदेश नआएसम्मका लागि होल्ड गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न र वैकल्पिक मार्ग तथा जानकारीको लागि स्थानीय प्रशासन वा ट्राफिक कार्यालयको सम्पर्कमा रहन अनुरोध गरेको छ।
binance Register
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/el/register-person?ref=DB40ITMB
Skapa ett gratis konto
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.