आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आफ्नो जिल्लाका जनप्रतिनिधिको गुनासो र सुझाव सुनेर फर्किए सभामुख महरा

सारांश

  • दाङ, ७ असार ।
  • सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले ल्याएको बजेटले संघीय संरचनालाई मजबुत बनाउने आधार दिएको बताएका छन् ।
  • सभामुख महराले नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो धारणा राखेका हुन् ।

दाङ, ७ असार । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले ल्याएको बजेटले संघीय संरचनालाई मजबुत बनाउने आधार दिएको बताएका छन् । सभामुख महराले नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो धारणा राखेका हुन् ।

“सरसर्ती हेर्दा आफ्नो जिल्लामा बजेट नदेखिन सक्छ”, सभामुख महराले भने, “सिधै स्थानीय तहमा बजेट आएको छ । त्यसपछि संघमा बजेट आएको छ र ठूला खालका योजनाका लागि केन्द्रीय बजेटले हेरेको छ ।” सभामुख महराले बजेट तत्काल देखिने भन्दा पनि दीर्घकालीन असर देखिने खालको भएको बताए । ठूला योजनाहरुमा केन्द्र सरकारले, मझौला योजनाहरुमा प्रदेश सरकारले र जनताका दैनिक जीवनसँग जोडिएका साना योजनाहरुमा स्थानीय सरकारले बजेट विनियोजन गर्ने जानकारी सभामुख महराले दिए ।

सभामुख महराले दाङको टरिगाउँ विमानस्थललाई नियमित सञ्चालन गर्न डिपो स्थापना गर्नेतर्फ पहल भइरहेको जानकारी दिँदै दाङमा बन्ने अर्को विमानस्थल टरिगाउँको विकल्पमा नभएर यो प्रदेशकै र देशकै वैकल्पिक विमानस्थल भएको स्पष्ट पारे । उनले भने, “नयाँ बनाउने भनिएको विमानस्थल टरिगाउँ विमानस्थलको विकल्प भन्ने बुझिएको छ । त्यसो होइन ।” सभामुख महराले स्थानीय तहलाई भौतिक पूर्वाधारमात्र होइन जनताको जीवनस्तर उकास्नेतर्फ पनि ध्यान दिन आफूले ध्यानाकर्षण गराएको बताए ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सभामुख महरा आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लाका सबै जनप्रतिनिधिहरुसँग जनताका गुनासो, समस्या र योजनाहरुको विषयमा बुझ्न जिल्ला आएका हुन् । दाङ– ३ का सांसद हिराचन्द्र केसी, दाङ– १ का सांसद मेटमणि चौधरी, एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीसहित दाङ आएका सभामुख महराले जिल्लाका १ सय वडाअध्यक्षमध्ये १÷२ जनाबाहेक सबैलाई भेटेका छन् । उनले यसअघि पनि दाङका ३ प्रतिनिधिसभा सदस्य, ६ जना प्रदेशसभा सदस्य र १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरुलाई एकै ठाउँमा जम्मा गराएर जिल्लाको बृहत्तर विकासका लागि विज्ञहरुसहितको छलफल गराएका थिए । दाङ– २ “क”बाट विजयी नेता शंकर पोख्रेल ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा उक्त कार्यक्रममा सहभागी थिए ।

सभामुख सर्वोदय पुस्तकालयको आजीवन सदस्य
यसैबीच सभामुख कृष्णबहादुर महराले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीको आजीवन सदस्यता लिएका छन् । उनले बिहीवार घोराहीमा आयोजित कार्यक्रममा आजीवन सदस्यता लिएका हुन् ।

पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमले सदस्यतापत्र प्रदान गरेका थिए । सो अवसरमा सभामुख महराले राप्तीकै जेठो पुस्तकालय सर्वोदयको सदस्यता लिएसँगै आफ्नो दायित्व पनि अझ बढेको र यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सोही अवसरमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी र दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले पनि सर्वोदय पुस्तकालयको आजीवन सदस्यता लिएका थिए । दुबैजनाले नि पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सर्वोदय पुस्तकालयले आजीवन सदस्यता खुला गरेको छ । १ हजार ५ सय शुल्क तिरेर आजीवन सदस्यता लिन सकिने ब्यवस्था गरिएको पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dev Waiba

    sunny matra honi garny kyhi hoena

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
रामेछाप  नगरपालिकाको अपडेट
रामेछाप  नगरपालिकाको अपडेट
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
स्यालको आक्रमणबाट ६ जना घाइते
स्यालको आक्रमणबाट ६ जना घाइते
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
विराटनगर विमानस्थलमा बाढी, जहाजनै डुबानमा (हेर्नुहोस् ६ तस्बिरमा)
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला
सुगौली सन्धि अघि नै कालापानी नेपाली भूभाग स्वीकारिएको गोप्य दस्तावेज फेला

तपाईंले छुटाउनुभयो कि?