बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन् ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

काठमाडौँ, १४ भदौ । भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले प्राकृतिक विपद्जस्ता समस्याबाट यस क्षेत्रका नागरिकलाई जोगाउनका लागि पनि समान लक्ष्यका साथ प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । वातावरण संरक्षणमा आफ्नो देशले प्रमुख ध्यान दिएको र ५१ प्रतिशत भन्दा बढी क्षेत्रमा वन क्षेत्र कायम गरेको जानकारी दिँदै वाङ्चुकले विपद्बाट जोगिन पनि सार्थक प्रयास गरेको स्पष्ट पारे । क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि साझा प्रयत्न जरुरी रहेको उल्लेख गर्दै वाङ्चुकले भने, “एकल प्रयासबाट मात्रै साझा लक्ष्य हासिल गर्न मुश्किल छ । बिम्स्टेक सदस्य राष्ट्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको समाधान हुन सक्छ ।”

उनले सम्पर्क सञ्जालको विस्तार गरेर जनस्तरको सम्बन्धलाई थप उचाइमा उठाउनुपर्नेमा जोड दिए । सूचना प्रविधि, यातायात सञ्जाललगायतको विकास र विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले सरकार–सरकारका बीचमा मात्रै नभई जनस्तरमा समेत सम्बन्ध विस्तार गर्न आवश्यक पहलकदमी जरुरी रहेको उल्लेख गरे । शान्ति र स्थायित्वका लागि आतङ्कवादको नियन्त्रण जरुरी छ भन्दै वाङ्चुकले त्यसका लागि पनि सामूहिक प्रयासको आवश्यकता औँल्याए । बिम्स्टेक क्षेत्रको व्यापार प्रवद्र्धनका लागि लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनु आवश्यक छ भन्दै उनले गरीबीविरुद्ध लड्ने साझा सङ्कल्पसमेत जरुरी रहेको बताए ।

साझा चासो र समान हितका लागि बिम्स्टेक एउटा विशिष्ट मञ्च रहेको उल्लेख गर्दै वाङ्चुकले आर्थिक, सामाजिक विकासका लागि समेत सहकार्य जरुरी छ भने । विकासको साझा सङ्कल्प लिएर अगाडि बढेको बिम्स्टेकलाई यस क्षेत्रको शान्ति र स्थायित्वको महत्वपूर्ण थलोका रुपमा विकास गर्नुपर्ने स्पष्ट पारे । डेढ अर्ब जनसङ्ख्या अर्थात् विश्व जनसङ्ख्याको २२ प्रतिशत जनता बसोबास गर्ने यस क्षेत्रलाई विकास र समृद्धिको केन्द्रका रुपमा अगाडि बढाउन वाङ्चुकले जोड दिए ।

आगामी अक्टोबरमा भुटानमा तेस्रो संसदीय निर्वाचन हुन लागेको जानकारी दिँदै आफ्नो १३ मिनेटको मन्तव्यमा उहाँले निर्वाचनपछि गठन हुने सरकारले थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    A TO Z Newaz

    भुटान को सरनार्थी के गर्ने त यो कुरा गर्न /

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग हुने
धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब यस्तो गरिने…
धर्म प्रचार गर्ने एनजिओ आइएनजिओलाई अब यस्तो गरिने…
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह
सिद्वार्थ बैंकले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी
बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे
मौसमबिज्ञहरु यसो भन्छन् मनसुनको बारे
नवरात्रको आठौं दिन, आज महागौरीको पूजाआजा गरिँदै
नवरात्रको आठौं दिन, आज महागौरीको पूजाआजा गरिँदै
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट