आफ्नो मत खरिदबिक्री नगर्न आह्वान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
आफ्नो मत खरिदबिक्री नगर्न आह्वान

सारांश

  • प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ ।
  • निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भन्नुभयो “मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन ।
  • त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गर्नुभएको छ ।

निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भन्नुभयो “मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन । त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो । ”
डा यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गर्नुभयो । “प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दबाब आउनु सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो ।” उहाँले भन्नुभयो, “त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापन गर्न लाग्नुहोस् ।

डा यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गर्नुभयो । निर्वाचनमा नगर बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई मनगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै भन्नुभयो, “नगरलाई आजैदेखि सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्न चाहन्छु । नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनुस् ।”

आयोगका सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीलाई आग्रह गर्नुभयो । “मतपत्रमा भएको डिजाइन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनको बारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको छ ”, ढकालले भन्नुभयो, “त्यससँगै ४०० भन्दा बढीको संख्यामा विदेशी पर्यवेक्षक पनि आउने भएकाले उहाँहरुले हेर्ने विषयमा ध्यान दिन आग्रह गर्दछु ।”
आज(मङ्गलबार र भोलि(बुधबार) गरी दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
आँखामा गाडिएको हँसिया यसरी निकालियो
आँखामा गाडिएको हँसिया यसरी निकालियो
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु
आइजीपी खनाल आइएसआइको तारोमा
आइजीपी खनाल आइएसआइको तारोमा
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न सक्दैन : भट्टराई
कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने

तपाईंले छुटाउनुभयो कि?