घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

सारांश

  • पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ ।
  • गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।
  • घरमै आएर गाउँपालिकाले स्वास्थ्य जाँच तथा उपचार गरेपछि गाउँपालिका–३ का लक्ष्मीप्रसाद तिमिल्सेनाले भन्नुभयो, “गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ, स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार गरिदियो ।

पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।घरमै आएर गाउँपालिकाले स्वास्थ्य जाँच तथा उपचार गरेपछि गाउँपालिका–३ का लक्ष्मीप्रसाद तिमिल्सेनाले भन्नुभयो, “गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ, स्थानीय सरकारले यस्तो अभियान ल्याउलाजस्तो लागेको थिएन, गाउँपालिकाले छोराछोरीले झैँ उपचार गरिदियो ।

”गाउँपालिकाभरिका करीब ३०० हाराहारीमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने गाउँपालिकाको योजना छ । गाउँपालिकाभरिका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरेर परीक्षण गरिएको र आवश्यकताअनुसार औषधि वितरण गरिएको छ । ज्येष्ठ नागरिकलाई च्यवनप्राशसमेत वितरण गरिएको छ ।पहिलो दिनमा वडा नं ३ का ७१ वृद्धवृद्धालाई उपचार सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले जानकारी दिनुभयो । छ स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा खटाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?