आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)

सारांश

  • झापा ।
  • बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो ।
  • यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो ।

झापा । बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम्प्रेशण भएपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रचार भयो कि गुमाउनेमा विन्दु सिटौला लगायतहरु छन् । र यहि समाचार अनलाईन माध्यमहरुमा पनि प्रकाशित भए ।

आफ्नो मृत्युको समाचार आफैंले सुन्दा तपाई कस्तो अनुभव गर्नुहुन्छ होला ? यो कल्पना समेत गर्न नसकिने प्रसंग यथार्थमै भइदियो, झापाकी बिन्दु सिटौलाको जीवनमा । झापा दमक–५ की बिन्दु सिटौलाले आफ्नो मृत्युको खबर आफैले सुनिन्, हेरिन र पढिन् पनि । र त्यसयता उनी मानसिक तनावमा छिन् । उनको मृत्युको बखर सुनेका आफन्त र शुभचिन्तक समवेदना प्रकट गर्छन् । कतिपय घरमै आउछन् र घटनाबारे बुझ्छन् । जसले गर्दा उनलाई मानिसक पिडा छिन् ।

गत साउन २७ गते शुक्रबार झापामा अबिरल बर्षासँगै आएको बाढीले झापामा धेरैले ज्यान गुमाए । र विभिन्न स्थानहरुबाट मृत्युका खबरहरु आए । बाढीले बगाएर सोही दिन राती बिन्दुको लक्की टे«डर्स एण्ड सप्लार्यसका कामदार भारत सिलीगुढीका तपोस मण्डलको मृत्यु भयो । स्थानीय दिपीनी खोलाले बगाएर तपोस मण्डलको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय झापा र रेडक्रस झापाले मण्डल भारतीय नागरिक भएकाले ‘बिन्दु सिटौलाको फर्निचर उद्योगमा काम गर्ने तपोस मण्डलको मृत्यु भएको’ भनी पुष्टी गरे । तर, कतिपय सञ्चार माध्यमले मृतक तपोस मण्डलको नाउ नहेरी बिन्दु सिटौलाको मृत्युको खबर प्रकाशन, प्रशारण गरे । त्यसपछि सिटौलाको मृत्युको खबर फैलियो र यसले उनलाई निक्कै दुखित बनाएको छ ।

मृत्युको न्यूज सुनेपछि आफ्नो व्यवसायमा नराम्रो प्रभाव परेको बिन्दुको अनुभव छ । आफुले त्यस्तो समाचार सुने यता आफु बिरामी समेत परेको उनी बताउँछिन् ।बिन्दुका श्रीमान् गौरव पाठकले आफ्नो मृत्युको न्यूज सुनेपछि बिन्दु मानसिक रुपमा तनावमा रहेको बताए । बिन्दु गर्भवती समेत रहेकाले यसको असर बच्चामा पर्ने भन्दै गौरवले चिन्ता व्यक्त गरेका छन् ।

साँच्चै त्यो समाचार पढेका अनी सम्पर्कमा नरहेका आफन्तहरुले विन्दु रहिनन् नै भनेका छन् । अनी सबै आफन्तहरुलाई शोकमग्न बनाएको छ । एउटा समाचार जुन प्रमाणित र पुष्टि विना नै प्रकासन प्रसारण गरिदिँदा विन्दुका परिवार पिडित बनेका छन् भने समाचारको विश्वसनीयता नै गुमेको छ । र अहिलेपनि विन्दुलाई नराम्रो लागेकै छ । र, यस्ता न्यूजहरुले समग्र पत्रकारिता क्षेत्रकै विश्वनियतामाथि शंका थपेको छ । र, यस्ता प्रवृत्तिहरु सच्चाउन विन्दू र उनका परिवारको आग्रह छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
पोखरामा अब राती ९ बजेसम्म नगरबस चल्ने
पोखरामा अब राती ९ बजेसम्म नगरबस चल्ने
काठमाडौँ  क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
देशैभर जोडियो निःशुल्क इन्टरनेट
देशैभर जोडियो निःशुल्क इन्टरनेट
२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
कृष्णबहादुरका अन्य काण्डहरु !
कृष्णबहादुरका अन्य काण्डहरु !
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !

तपाईंले छुटाउनुभयो कि?