मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
२
|
५० पटक हेरिएको
Shares
मेयरले डोजर चलाउँदा झण्डै मरेनन् पत्रकार !

सारांश

  • पोखरा, १ असार ।
  • पोखराको फिर्के खोलामा पैदल मार्ग  उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् ।
  • पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका हुन।

पोखरा, १ असार । पोखराको फिर्के खोलामा पैदल मार्ग  उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका हुन।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको हाे  प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए ।

डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत ५ जना थिए ।

खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।

पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kb Oli

    kin

    Comment Author

    Krishna Raj Subedi

    प्रगति गरेछन महोदय् ले डोजर मा चढेर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?