यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०८१
|
|
५० पटक हेरिएको
Shares
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग

सारांश

  • काठमाडौं ।
  • नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले यातायात कार्यालय एकान्तकुनामा  सर्भर सम्बन्धि समस्या लगायत अन्य यातायात कार्यालय देखिने विभिन्न खाले समस्याहरु समाधानका लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
  • सोमबार एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाल लगायतको टोलीले यातायात व्यावस्था कार्यलय, एकान्तकुना पुगि कार्यालय प्रमुख हरिहर पोखरेल सँग भेटगरी हाल यातायात व्यावस्था कार्यालय, एकान्तकुनामाअ देखिएका विभिन्न खाले समस्याहरु तत्काल समाधान गर्न आग्रह गरेको हो ।

काठमाडौं । नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनले यातायात कार्यालय एकान्तकुनामा  सर्भर सम्बन्धि समस्या लगायत अन्य यातायात कार्यालय देखिने विभिन्न खाले समस्याहरु समाधानका लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार एसोसिएसनका कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, महासचिव प्रकाश बस्नेत, सचिव नेत्र कटुवाल लगायतको टोलीले यातायात व्यावस्था कार्यलय, एकान्तकुना पुगि कार्यालय प्रमुख हरिहर पोखरेल सँग भेटगरी हाल यातायात व्यावस्था कार्यालय, एकान्तकुनामाअ देखिएका विभिन्न खाले समस्याहरु तत्काल समाधान गर्न आग्रह गरेको हो ।

छलफलका क्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख हरिहर पोखरेलले चाँडो भन्दा चाँडो हाल देखिएका सर्भर नचल्ने, पाकिङ्ग सम्बन्धी, सवारी जाँचपास सम्बन्धी, शौचालय सम्बन्धी समस्याहरुलाई समाधान गर्ने विश्वास दिलाएका थिए ।

त्यस्तै उनले सम्पुर्ण अटोमोटिभ व्यावसायीहरुको समस्या बुझ्न तथा समाधान गर्न आफू सकारात्मक रहेको पनि बताएका थिए । यातायात कार्यालयमा सर्भर नचल्दा तीन दिन देखि सबै कामकाज ठप्प भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?