वैशाख २९ गतेको राशीफल यस्तो छ, कुन राशीले के गरे आज दिन उत्तम हुने ?
सारांश
- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ ।
- शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
- मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । घरबाट बाहिर निस्कनु अघि शिवको दर्शन गरे सानातिना अवरोध सहजै हट्नेछ ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । पिपलमा पानी चढाए अवरोध हटेर जानेछ ।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ । घरबाट निस्कदाँ दाहिने खुटटा पहिलोपटक चाले काम सहजै बन्ने योग छ ।
तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । शुभ अंक ५ रहेको छ ।
धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला । आज रातो रंगको वस्त्र लगाउँदा उत्तम हुन्छ ।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । सूर्यलाई जल अघ्र्य दिएर काममा निस्कदाँ एकदमै उत्तम हुने योग रहेको छ ।
बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शुभ अंक ७ रहेको छ ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विवाद हुन सक्ने भएकाले बोलीमा नियन्त्रण राख्नुहोला ।
कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । शुभ अंक १ रहेको छ ।
बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । गणपतिको आराधना गर्न नभुल्नु होला, रिसाएकाहरु आफै सम्बन्ध स्थापित गर्न आउनेछन् ।
मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् िसामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् । शुभ अंक ४ हो ।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । पहेलो वस्त्रको प्रयोग उत्तम देखिन्छ ।
प्रतिक्रिया