आबको प्रधानमन्त्री म पनि हुन सक्छु-बामदेव गौतम

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
१३
|
३० पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
  • गौतमसँग ऋषि धमलाले उनकै चुनावी क्षेत्रमा पुगेर विशेष अन्तरवार्ता लिएका छन् ।
  • आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले धमलासँगको कुराकानीमा पनि आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिरिक गरे ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । गौतमसँग ऋषि धमलाले उनकै चुनावी क्षेत्रमा पुगेर विशेष अन्तरवार्ता लिएका छन् । आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले धमलासँगको कुराकानीमा पनि आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिरिक गरे । चुनावी नतिजा, भावी प्रधानमन्त्री, एमाले–माओवादीबिच पार्टी एकता, बर्दियाको चुनावी भिडन्त लगायतका विषयमा केन्द्रिर रहेर गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बर्दियाको चुनावी महोल कस्तो छ ?
बर्दियामा चुनावी माहोल गरमागर्मी छ । वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो ।

वामपन्थी उम्मेदवारले जित्ने आधार के छ ?
वाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।

तपाईको अवस्था के छ ?
मैले चुनाव जित्नेमा कुनै शंका छैन । मैले चुनाव जितिसकेको छु ।

तपाईलाई एमालेका कार्यकर्ताले भोट हाल्छन् ?
यस्तो पनि प्रश्न हुन्छ ?

एमालेका कार्यकर्तालेसमेत मलाई भोट हाल्छन् भनेर संजय गौतमले प्रचार गर्नुभएको छ नि ?
एमालेका कार्यकर्ता कांग्रेसका उखरमौला कार्यकर्ता जस्ता हुन् र ? संजय गौतमले पैसा दिएको भरमा हाम्रा व्यानर च्यात्ने काम कांग्रेसका कार्यकर्ताले गरेका छन् । एमालेका कार्यकर्ता यस्ता छैनन् ।

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्छन त ?
शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो । हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् ।

नेताहरुको टाउको मिलेर मात्रै हुन्छ र ? जनस्तरमा मिल्नुपर्दैन ?
एकता भन्ने तपाईलाई के थाहा छ ? मलाई थाहा छ । मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो । एकता कसरी गर्नुपर्छ मलाई थाहा छ । ऋषि धमला र अरुलाई थाहा छैन ।

नेपाल अब साम्यवादको बाटोमा गएको हो ?
हो । गयो ।

नेपाली कांग्रेसले त तपाईहरु अधिनायकवादतिर जाँदै हुनुहुन्छ भन्ने आरोप लगाएका छन् नि ?
त्यो आरोप गलत छ । कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवाद तिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन् । यही हो अधिनायकवाद । तर जनताले अहिले उल्ट्याउँदै छन् । कांग्रेस अहिले पागल भएको छ ।

राष्ट्रपतिय शासन ल्याउने तपाईहरुको योजना हो ?
अहिले घोषणापत्रमा लेखेका छैनौँ । तर पछि आवश्यकता अनुसार राष्ट्रपति शासनमा जान्छौँ । नेपाली जनताले चाहे भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासनमा जान सक्छौँ ।

वाम गठबन्धनको दुई तिहाई बहुमत आउँछ ?
आउँछ । यसपटक एमाले र माओवादी केन्द्रको गठबन्धनले दुई तिहाई बहुमत आउँछ ।

कांग्रेसले दुई तिहाई ल्याउन दिदैनौँ भनेको छ नि ?
कांग्रेसले त वाम गठबन्धनलाई सिध्याउने प्रयास गरिरहेको छ नि । हेरम जनताले कसलाई साथ दिन्छन् । हामी त जनताको चाहना अनुसार चल्ने पार्टी हो । शेरबहादुर त संविधान विरोधी हुन् । संविधान पढेका पनि छैनन् । पढे पनि दिमागमा राखेका छैनन् ।

अबको प्रधानमन्त्री को हो ?
त्यो त चुनाव सकिएपछि निर्णय हुन्छ । म पनि प्रधानमन्त्रीको दाबेदार हुँ । म प्रष्ट रुपमा प्रधानमन्त्रीको उम्मेदवार हुँ । एमाले माओवादीभित्र नैतिक रुपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन ।

केपी ओली र प्रचण्डले तपाईलाई समर्थन गर्नुहुन्छ त ?
गर्नुहुन्छ ।

पार्टी एकता हुँदा अध्यक्ष को बन्छ ?
त्यो पनि पछि थाहा हुन्छ । केपी ओली कि प्रचण्ड भन्ने हामी बिचार पु¥याएर निर्णय गछौँ । अहिले हामी बोल्दैनौँ ।

पार्टी एकता कहिले हुन्छ ?
चुनाव सकिएको तीन महिनाभित्र पार्टी एकता हुन्छ ।

तपाई अहिले बर्दियाबाट चुनाव लडे पनि अर्कोपटक यहाँ नआउने हो कि भन्ने आशंका जनताले गरेका छन् नि ?
म यसपटक पनि जुनसुकै ठाउँबाट चुनाव लड्न सक्थेँ । तर म बर्दिया नै किन आएँ ? किनकी बर्दिया मेरो कर्मथलो हो । पार्टी निर्माण गर्ने र संसदीय संघर्षमा महत्वपूर्ण भूमिका खेलेको हुनाले पार्टीले मलाई यहाँ पठाएको हो ।

तपाईले विगतमा पनि चुनाव जित्नुभयो । मन्त्री बन्नुभयो । तर बर्दियामा कुनै परिवर्तन गर्न सक्नुभएन नि ?
अरु ठाउँका जनताको मुहार जस्तो छ त्यस्तै बर्दियाका जनताको मुहार छ । मेरो आलोचना गर्नेहरुले यहाँका जनताको मुहार मलिनो छ भन्छन् । तर म यहाँबाट जितेर गएपछि नेपालमा अरु कसैले गर्न नसकेको काम गरेको छु । बबइ सिँचाई योजना, भेरी डाइभर्सनको सुरु गरेँ । मैले पार्टीको नेतृत्व गरेका बेला आफ्नो गाउँ आफैँ बनाउ भन्ने अभियान सुरु गरेँ । बर्दियामा जति पनि मोटरबाटो बनेका छन्, ति सबै मैले नै गरेको हुँ । सुकुम्बासी समाधान आयोग बनाएर ८४ हजार सुकुम्बासीलाई घर घडेरी दिलाउने काम मैले नै सुरु गरेको हुँ । यि सबै योजना बर्दियामा पनि लागु भएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रम मैले सुरु गरेर नेपाली कांग्रेसको मुखमा बुजो मैले नै लगाएको हुँ । अहिले बर्दियामा मोटर बाटो नपुगेको ठाउँ नै छैन । देशभरी बनेका ८१ हजार किलोमिटर सडक एमालेले नै बनाएको हो ।

तपाईको प्रतिस्पर्धी संजय गौतमले त बामदेव गौतमले केही पनि काम गरेनन् भन्ने आरोप लगाएका छन् नि ?
वास्तवमा संजय गौतम कांग्रेस होइनन्, जमिन्दार हुन् । उनी जमिन्दारी शासन देखाउन चाहन्छन् । उनले भन्छन् नि यहाँ नजन्मेकाहरु चुनावमा उठ्नै पाउँदैनन् । बर्दियामा केही काम भएको छ भने बामदेव गौतमले गर्दा नै भएको छ । संजयले त एउटा सिन्को भाँचेका छैनन् । मैले बनाएको सडकमा एउटा ढुङ्गा हाल्ने काम पनि उनले गरेका छैनन् । कांग्रेसले विकास विरोधी काम मात्रै गर्छ ।

बबइ सिँचाई आयोजनामा बजेट आफूले पारेको दाबी संजय गौतमले गर्नुभएको छ ?
उनले एक पैसा पनि पारेका छैनन् । यो सबै भ्रम हो । संविधान जारी भएपछि एमाले र माओवादीको नेतृत्वको सरकारले बजेट ल्याएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त बजेट नै आएको छैन नि ।

बर्दियाका जनताले के खोजेका छन् ?
बर्दियाका जनताले सडक पिच खोजेका छन् । चुनावपछिको २ वर्षभित्रमा सबै सडक पिच हुन्छन् । पाँच वर्षभित्र बबइ नदीलाई नियन्त्रण गछौँ । यसका लागि डिपिआर बनिसकेको छ । बर्दियाका सुकुम्बासी वा घरबार नभएकालाई घर बनाइदिन्छौँ ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Surendra Deuba

    Hahaha

    Comment Author

    Raju Sharma

    Kp oli hunda hundai ma pradhan mantri hunxu bhanna laaj laagdaina,

    Comment Author

    Bhupendra Giri

    हुनत हजुर चुनाब हारेर पनि मन्त्री भाको मान्छे झन जिते पछि त नहुने कुरै भयन है ।

    Comment Author

    Ram Rai Rai

    My pain guns shakchu

    Comment Author

    Ram Rai Rai

    Mala man parts.

    Comment Author

    Yadav Shah

    kp ले मान्छ त ?

    Comment Author

    Rishiraj Pokhrel

    Nappiyo…..

    Comment Author

    Rabun Panday

    दिनेले दियत हुनेहाे

    Comment Author

    Shyam Shubham Giri

    भारतिय सैनिक को भगौड़ा हवलदार पर्यौ भारत भ्रमण मा जादा आफू खूशी ब्यारेक छाडेर भागेको अभियोगमा कारवाही गर्ला नि ?

    Comment Author

    Dinesh Chakradhar

    Pra chanda ho mantri

    Comment Author

    Sheru Bhandari

    बर्दियाबाट सन्जय गौतमले तिम्रो राजनितीक सपना तुहाउदैछन

    Comment Author

    Bishnu Kc K C

    Naya chunabi nara bardiyaka jantalai ullu banayo p.m bhayeni kukurko puchhar jastai ho.

    Comment Author

    Narajang Gurung

    फटाह बुडो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?