आमिर खानको भान्जाले किन गरे सम्बन्ध विच्छेद ?
सारांश
- मुम्बई।
- बलिउड चर्चित अभिनेता अमिर खानका भान्जा इमरान खान आफ्नी पत्नी अवंतिकासँग छुट्टिएका छन्।
- भारतीय संचारमाध्यमका अनुसार यी दुवै केही समयदेखि छुट्टा छुट्टै बस्थे।
मुम्बई। बलिउड चर्चित अभिनेता अमिर खानका भान्जा इमरान खान आफ्नी पत्नी अवंतिकासँग छुट्टिएका छन्। भारतीय संचारमाध्यमका अनुसार यी दुवै केही समयदेखि छुट्टा छुट्टै बस्थे। इमरान र अवंतिकाले आठ वर्ष पहिला विवाह गरेका थिए। यी दुवैकी एक छोरी छन्।
संचारमाध्यमका अनुसार अवंतिकाले २४ मे मा पालीहित स्थित इमरानको घर छोडेकी हुन्। उनी आफ्नी छोरीलाई लिएर आमा बुवाको घरमा बस्दै आएकी छन्। दुवै परिवारले इमरान र अवंतिकाबीचको विवाद सुल्झाउने कोशिश गरिरहेका छन्। इमरान र अवंतिकाबीच २०११ मा विवाह भएको थियो। विवाह अगाडि उनीहरुले लामो समयसम्म डेट गरेका थिए ।
इमरानले २००८ मा फिल्म जाने तु या जाने ना बाट बलिउडमा डेब्यू गरेका थिए। यसअघि उनी अमिरको फिल्म कयामत से कयामततक मा उनले बाल कलाकारको भूमिका निर्वाह गरेका थिए। अहिले उनी फिल्ममा अभियन छोडेर फिल्म निर्माणमा लागेका छन्।
प्रतिक्रिया