जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ

सारांश

  • हेटौँडा, ८ असार।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन् ।
  • जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे ।

हेटौँडा, ८ असार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन् ।

जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे ।

देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाले स्विकार गरेका छन् ।
प्रधानन्यायाधीशलाई महाभियोग लगाएको सन्दर्भमा सभापतिहरुले बन्दसत्रमा देउवाबाट जवाफ मागेका थिए । देउवाले जाली काम गर्नेलाई सहयोग गरेकाले सुशीला कार्कीलाई महाभियोग लगाउन बाध्य भएको बताए ।

सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी बलियो बनाउन निस्वार्थ रुपमा लाग्ने धारणा राखेका छन् । आज कांग्रेस जिल्ला सभापतिहरुको भेलाको समापन समारोहलाई हेटौंडामा सम्बोधन गर्दै पौडेलले आफू कुनै गुटमा समेत नरहेको दाबी गरे ।

यसका लागि सभापति शेरबहादुर देउवाले पनि सबैलाई कांग्रेसको मान्छे भन्ने वातावरण तयार गर्नुपर्ने पौडेलको सुझाव थियो । यसो गरेमा देउवा पुन:नेतृत्वमा आउन सजिलो हुने र प्रधानमन्त्रीसमेत हुने पौडेलले बताए । यसका लागि आफु जेसुकै गर्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला सभापतिहरुको सवालको जवाफ दिँदै पौडेलले आफूले निर्वाचनमा हार स्वीकारेको प्रतिक्रिया दिए । पौडेललाई देउवा पक्षका सभापतिहरुले निर्वाचनमा हार सहन नसकेको आरोप लगाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?