महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १४, २०८१
|
|
५४ पटक हेरिएको
Shares
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर

सारांश

  • काठमाडौं- अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ ।
  • सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
  • ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।

काठमाडौं- अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ ।

सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’

सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ ।

‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो ।

त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
प्रदेश २ का भाग्यमानी उम्मेदवार, चुनाव गर्नै नपर्ने
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
प्रत्येक घरमा धारा पु¥याइने
प्रत्येक घरमा धारा पु¥याइने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु