शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन

सारांश

  • काठमाडौं, ७ असार।
  •   शिक्षा मन्त्रालयका उप–सचिवहरू अहिले  जिम्मेवारी  बिहिन भएका छन ।
  • सरकारले पहाडि क्षेत्रका जिल्ला शिक्षा अधिकारीकाे दरबन्दि खारेज गरे संगै उक्त क्षेत्रका उप-सचिवहरू केन्द्रममा तानिँदा जिम्मेवारी बिहिन भएका हुन ।

काठमाडौं, ७ असार।  शिक्षा मन्त्रालयका उप–सचिवहरू अहिले  जिम्मेवारी  बिहिन भएका छन ।

सरकारले पहाडि क्षेत्रका जिल्ला शिक्षा अधिकारीकाे दरबन्दि खारेज गरे संगै उक्त क्षेत्रका उप-सचिवहरू केन्द्रममा तानिँदा जिम्मेवारी बिहिन भएका हुन ।

जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयपछि विभागमा काजमा तानिएका करिब ७५ जना उपसचिवहरू मन्त्रालय पुग्ने हाजिर लगाउने फर्कने गरेका मन्त्रालयका एक जना उप-सचिवले शिखरन्युजलाइ बताए ।

नाम नबताउने सर्तमा ति उप-सचिवले भने ‘देश  संघियतामा गइसकेपछि संरचना कस्ताे हुने भन्ने खाका तयार पार्न नसक्दा उप-सचिवहरू जिम्मेवारी बिहिन हुन परेकाे हाे ।’

उनीजस्तै देशभरका ७७ वटै जिल्ला शिक्षा कार्यालयका प्रमुख (जिल्ला शिक्षा अधिकारी)हरु अहिले विभागमा काजमा तानिएका छन् ।

संघीयता कार्यान्वयनसँग जिल्ला शिक्षा कार्यालयको संरचना हट्ने भएपछि देशभरका जिल्ला शिक्षा अधिकारीहरु विभागमा हाजिर लाएर दिन काट्न स्थितिमा छन् ।

अब दरबन्दि नखाेले सम्म उप-सचिवहरू मन्त्रालय अाउने हाजिर लगाउने जाने स्थिति सृजना भएकाे छ ।

शिक्षालाई अधिकृतको अभाव

संघीय व्यवस्थामा जाँदा उप–सचिवलाई जिम्मेवारी दिन नसकिरहेको शिक्षा मन्त्रालयलाई अधिकृतस्तरका कर्मचारीको अभाव हुने भएको छ ।

शिक्षा मन्त्रालयमा अहिले ४५० को हाराहारीमा अधिकृतस्तरका कर्मचारी कार्यरत छन् । अब संघीय संरचनामा जाँदा ८०० सम्म अधिकृतस्तरका कर्मचारी आवश्यक पर्ने शिक्षा मन्त्रालयका सह–सचिव सहसचिव वैकुण्ठ प्रसाद अर्याल बताउँछन् ।

‘अधिकृतबाट बढुवा भएका कर्मचारीले जिम्मेवारी नपाए पनि  हामीलाई अधिकृतस्तरका कर्मचारीको अभाव हुने देखिन्छ,’ अर्यालले लोकान्तरसँग भने, ‘अहिले ४५० को हाराहारीमा अधिकृत हुनुहुन्छ । संघीय संरचनामा जाँदा देशभर ८०० को हाराहारीमा अधिकृतस्तरका कर्मचारी आवश्यक पर्ने देखिन्छ ।’

(https://colorreflections.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
सुक्खा सहने धानको बीउ सिफारिश
सुक्खा सहने धानको बीउ सिफारिश
२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी
२० जनामा कोरोना संक्रमण भएसँगै भानु नगरपालिकामा कफ्र्युको तयारी
दोस्रो चरणको चुनाव असार ९ गते हुने
दोस्रो चरणको चुनाव असार ९ गते हुने
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
‘प्राइभेट’ नम्बरबाट बेलुका–बेलुका फोनः माओवादी नेतालाई गोली हानेर मार्ने धम्की
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा
जिम्मा लिँदै छ सडक विभाग टालटुल गरेको सडक
जिम्मा लिँदै छ सडक विभाग टालटुल गरेको सडक
पुस २२ गते बुधवारको राशिफल यस्तो छ
पुस २२ गते बुधवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?