आम्दालाई रु एक करोडको स्वास्थ्य उपकरण सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
आम्दालाई रु एक करोडको स्वास्थ्य उपकरण सहयोग

सारांश

  • बुटवल, १ जेठ, रोटरी क्लब अफ बुटवल डाउनटाउनले बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) लाई रु एक करोडबराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
  • क्लबले आफ्नो १७ औँ स्थापना दिवसका अवसर पारेर आज स्वास्थ्य उपकरण अस्पतालका निर्देशक डा विनोद पराजुलीलाई हस्तान्तरण गरेको हो ।
  • क्लबले रोटरी इन्टरनेशनल कार्यक्रमअन्तर्गत आम्दा अस्पतालका लागि इसिजी, भेन्टिलेटर र ल्याप्रोसकोपी मेसिन सहयोग गरेको हो ।

बुटवल, १ जेठ, रोटरी क्लब अफ बुटवल डाउनटाउनले बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) लाई रु एक करोडबराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

क्लबले आफ्नो १७ औँ स्थापना दिवसका अवसर पारेर आज स्वास्थ्य उपकरण अस्पतालका निर्देशक डा विनोद पराजुलीलाई हस्तान्तरण गरेको हो ।

क्लबले रोटरी इन्टरनेशनल कार्यक्रमअन्तर्गत आम्दा अस्पतालका लागि इसिजी, भेन्टिलेटर र ल्याप्रोसकोपी मेसिन सहयोग गरेको हो ।

क्लबका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले यस क्षेत्रमा स्थापना भएका सामाजिक संस्थाहरुको भूमिका अत्यन्त प्रशंसनीय भएको बताउनुभयो ।

मन्त्री गिरीले सबैले आ–आफ्नो स्थापनाको लक्षित उद्देश्य र भूमिकालाई स्मरण गर्ने हो भने नेपाली समाज स्वस्थ्य र स्वच्छ हुने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले रोटरी क्लब अफ बुटवल डाउनटाउनले आम्दा अस्पताललाई गरेको सहयोगले धेरै आमा र शिशुको जीवन बचाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आम्दा अस्पतालका निर्देशक विनोद पराजुली, रोटरी डिस्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर बालकृष्ण अर्याललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

क्लबले आफ्नो १७ औँ स्थापना दिवस मनाउने क्रममा पाल्पाको सत्यवतीमा रहेको एक विद्यालयमा तीन कम्प्युटर र २२ थान फर्निचर वितरण गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?