रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
रक्षा नेपालकि मेनुकालाई भाईको पत्र: कसैका लागि गरेर के पाउनु भयो ?

सारांश

  • आदरणीय मेनुका दिदी, जीवनको लामो समय समाजसेवामा आफ्नो जवानी खर्चिनुभयो, खर्चिरहनुभएको छ।
  • “रक्षा नेपाल” स्थापना भएको १५ बर्षमा तपाई र तपाईको पबित्र संस्थाले अहिले तपाईलाई विभिन्न आरोप लगाईरहेकी पुजा बोहरा जस्ता सामुहिक बलात्कारको शिकार भएका हज्जारौं चेलीको जीवनमा नयाँ किरण छरिदियो।
  • सयौं बलात्कारीहरुलाई कानुनको जिम्मा लगाउनुभयो।

आदरणीय मेनुका दिदी,
जीवनको लामो समय समाजसेवामा आफ्नो जवानी खर्चिनुभयो, खर्चिरहनुभएको छ।
“रक्षा नेपाल” स्थापना भएको १५ बर्षमा तपाई र तपाईको पबित्र संस्थाले अहिले तपाईलाई विभिन्न आरोप लगाईरहेकी पुजा बोहरा जस्ता सामुहिक बलात्कारको शिकार भएका हज्जारौं चेलीको जीवनमा नयाँ किरण छरिदियो। सयौं बलात्कारीहरुलाई कानुनको जिम्मा लगाउनुभयो। दर्जनौं बलात्कारीको विरुद्ध मुद्दा लडिरहनुभएको छ।

दिदी, यो समाज यस्तो समाज हो, जसले तपाईले गरेका हजारौं राम्रा कामलाई चटक्कै भुलेर केवल तपाईंको एउटा गल्तीको प्रतीक्षामा बसेको हुन्छ। कुकुरले ढोकाछेउमा कलो कुरेर बसे जसरी यो समाज तपाई र तपाईजस्तै पबित्र कार्यमा लागेकाहरुको कमजोरी ढुकेर बसेको हुन्छ।
भोलि अनुराधा कोईराला दिदीलाई चेलीबेटी बेचबिखनमा संलग्न रहेको भनेर कसैले सन्तुलन गुमाएर बोल्यो भने, यो समाज त्यै सन्तुलन गुमाएको ब्यक्तिको पछाडी कुद्छ।

धुर्मुस सुन्तली, रबि लामिछानेलाई गिराउन धेरै प्रयास गर्दापनी असफल भैरहेको देखिरहनुभएकोछ होला। समाजिक संजालका बुद्धिजीवीलाई सत्यता के हो ? कुन सहि कुन गलत भनेर कुर्ने, बुझ्ने समय एक सेकेन्ड पनि छैन। बस् ! Share,like र कमेन्ट गरे उनीहरुको कर्मकाण्ड पूरा हुन्छ। जूनकुरा मैले तपाईको विरुद्धमा आईरहेका आरोपहरुमा छरपस्ट देखिरहेको छु।

दिदी, यत्रोबर्ष ती बैनीलाई छोरी जसरी पालेर राख्नुभयो। बलात्कार भएर बेहोस भएकी उनको बुवाले अस्पतालको ढोकामा तपाईलाई हात जोड्दै ‘मेरि छोरीलाई बचादिनुस् ! भन्दै रोएको देखेर ती बुवाको आँखामा तपाईले देख्न नपाएको आफ्नै बुवाको अनुहार देखेर ती बैनीलाई उद्दार गर्नुभयो।’

हिजो बलात्कार भएको केही महिनासम्म मानसिक संतुलन समेत गुमाएकि ती बहिनीले आज तपाईलाई विभिन्न आरोप लगाउदै कसैले लेखिदिएको लामो प्रेस बक्तब्य पढ्न सक्नेसम्म भएको देख्दा एउटा मनले कताकता खुसीपनि लाग्यो। त्यो कहालीलाग्दो अबस्थालाई बिर्साउदै आज पढाएर,हुर्काएर झुटै भएपनि यत्तिको बोल्न सक्नेसम्मको बनाउने तपाईजस्ती महान नारी देखेर बहुतै गर्बपनि लाग्यो दिदी।

यत्रोबर्ष संगै बसेर, सुतेर तपाईलाई आमा अनि तपाईले ज्ञानु भन्ने छोरीले आज आमाले आफ्नो भित्री बस्त्र समेत धुन लगाउनुहुन्थ्यो भनेको सुन्दा उनको चेतनाको स्तर देखेर मायापनि लाग्यो। उनलाई उद्दार गरेर संस्थामा ल्याउदा जबऊनी मानसिक रूपमा बिरामी थिइन्, त्यतिबेला उनको रजस्वला भएको भित्री बस्त्र तपाईसंगै काम गर्ने कर्मचारीले कतिपटक धोए होलान् दिदी ? उनलाई आज यत्तिको बोल्न सक्नेसम्म बनाउन पैसाले किनेर समेत नपाईने आफ्नो जीवनको कति समय खेर फाल्नुभयो दिदी? के आज यै दिन देख्नको लागि उनलाई उद्दार गर्नुभएको थियो? के यस्तै आरोप खेप्नको लागि उनलाई बलात्कार गर्ने बलात्कारीलाई जेल हाल्न मुद्दा लडिरहनुभएको छ?

यी र यस्तै प्रश्नको उत्तर खोज्ने फुर्सद यो हावामा उडिरहेको समाजलाई छैन दिदी । पटक्कै छैन।
तपाई गलत हुनुहुन्छ भनेर म आजै भन्न सक्दैन। सहि हुनुहुन्छ भनेर फैसला गर्ने न्यायाधीश बन्न पनि सक्दैन। म भित्र धैर्यता गर्नसक्ने क्षमता छ। तर, दिनभरिका घटनाक्रम र तपाईले निकालेको प्रेस बक्तब्य र पुजाको नाममा लेखेको पत्र पढेर यो मनले तपाईलाई कसैले फसाउन खोजिरहेको छ भनेर भनिरहेको छ।

मेरो मनले सहि सोचिरहेको भए के स्वार्थका लागि यस्तो गरिदैछ ? भन्नेकुरा समयक्रममा अवस्थ खुल्दै जानेछ। दिदी, जीवनभर अरुको अधिकारको लागि लड्दै हिड्नुभयो। अब, यदि तपाई साच्चिकै सत्यबाटोमा हिडिरहदा कसैले तपाई हिड्ने राजमार्ग भत्काउन खोजिरहेको छ भने डटेर सामना गर्न सक्ने शक्ति तपाईलाई मिलोस् दिदी । सत्यसंग कहिल्यै नलड्नुहोला र शक्तिसंग कदापि नझुक्नुहोला।

म तपाई निर्दोष रहेको भन्ने खबर पढ्न र सुन्न आतुर छु। किनकि, रक्षा नेपालले अझै ! सयौं चेलीको उद्दार गर्नुछ। बलात्कारी, चेलीबेटी बेचुवाहरुको विरुद्ध सतिसाल भएर उभिनुछ। उद्दार गरिएका सयौं पीडितहरु पढेर समाज बदल्ने युवाशक्ति बनाउनुछ।
 उही सुवास शर्मा हाल दुवईबाट

(पाेस्टपार्टीबाट)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Kasi Subedi

    Natak.

    Comment Author

    HariBhakta Basnet

    Didi ly yastai kam garyra doller kamawnu vayo aafno star birdi garnu vayo aafna lai khusiparnu vayo bichara vai natak nagara

    Comment Author

    Britisee Ko Nati Madhav

    Sup Doller khani 9tanki ho

    Comment Author

    Hari Adhikari

    बिदेशी डलर कमाउने काम गरिन

    Comment Author

    Dilip Thakuri Thakuri Dilip

    महल बनाउनु भयो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
बाल यौन दुराचारमा रामबहादुर बम्जनलाई १० वर्ष कैद
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द
इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द

तपाईंले छुटाउनुभयो कि?