सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी

सारांश

  • काठमाडौं, २ जेठ ।
  • पूर्व राजा ज्ञानेन्द्र शाहको गाडी चलाउनु सोख हो ।
  • उनी काठमाडौंको व्यस्त सडकमा पनि आफै गाडी चलाउँछन् ।

काठमाडौं, २ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको गाडी चलाउनु सोख हो । उनी काठमाडौंको व्यस्त सडकमा पनि आफै गाडी चलाउँछन् । यसपटक उनले लकडाउनको बेलामा झापाबाट काठमाडौं आउँदाको आधा बाटो आफै गाडी चलाए ।

झापा देखि बर्दिवाससम्म शाहले आफै गाडी चलाएका थिए । लकडाउनका कारण बाटो सुनसान हुँदा इमर्जेन्सी वत्ती बाल्दै बढेको थियो उनको गाडी । बर्दिवासबाट शाहका चालकले गाडी चलाएको बुझिएको छ । अहिले वीपी राजमार्गमा उनको गाडी बढिरहेको छ । शाहनिकटस्थका अनुसार वीपी राजमार्गमा उनका चालकले चलाइरहेका छन् ।

पूर्व राजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् । अपरान्हसम्ममा शाह काठमाडौं आइपुग्नेछन् । यसअघि सरकारले पास रद्द गर्ने निर्णय गरेपछि शाहले हिजो पासका लागि निवेदन दिएका थिए । झापाका प्रमुख जिल्ला अधिकारीले पास दिन नमिल्ने भएपछि गृह मन्त्रालय पठाइएको थियो । मन्त्रालयबाट उनले पास पाएका थिए । पास लिएरमात्र फर्कन खोज्दा उनलाई दिन ढिलाई हुँदा सर्वत्र चासो र चर्चा भएको थियो । पूर्व राजाले काठमाडौं फर्कन पास नपाएको विषय बाहिर आएपछि सरकारको समेत आलोचना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?