आयुक्त बन्ने दौडमा आइजी र एआइजीहरु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
१२
|
१९ पटक हेरिएको
Shares
आयुक्त बन्ने दौडमा आइजी र एआइजीहरु !

सारांश

  • काठमाडौ,  ७ जेठ  ।
  • नेपाल प्रहरीका अवकाशप्राप्त तीन  उच्च अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने दौडमा शक्तिकेन्द्र धाइरहेका छन् ।
  • अख्तियारमा रिक्त एक आयुक्त नियुक्तिका लागि आयभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन भइरहेका पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल पनि दौडधूप गरिरहेका छन् ।

काठमाडौ,  ७ जेठ  । नेपाल प्रहरीका अवकाशप्राप्त तीन  उच्च अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने दौडमा शक्तिकेन्द्र धाइरहेका छन् ।

अख्तियारमा रिक्त एक आयुक्त नियुक्तिका लागि आयभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन भइरहेका पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल पनि दौडधूप गरिरहेका छन् । उनी विवादास्पद ब्यापारी अजयराज सुमार्गीमार्फत् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रभावमा पारी आयुक्त हुने दाउमा रहेको स्रोतले बताएको छ ।

अजयराज सुमार्गीले अध्यक्ष दाहाललाई भनेर अर्याललाई आयुक्त बनाउने आश्वासन दिएका छन् । अख्तियारको आयुक्त हुनका लागि पछिल्लो समयमा अर्यालको आउजाउ  सुमार्गीको घरमा बाक्लो हुने गरेको खबर छ । अर्याललाई आयुक्त बनाउनका लागि उनका मीत रसियन ब्यापारी उपेन्द्र महतो पनि सक्रिय भएको प्रहरी स्रोत बताउछ ।

अर्यालविरुद्ध अख्तियारले आयभन्दा बढी सम्पति आर्जनमा छानबिन गरेको थियो । अख्तियारले उनलाई १३ पन्ने विवरण पनि भर्न लगाएको थियो । अर्यालले १३ पन्ने विवरणमा सिरहाको आ“प बिक्री गरेर सम्पत्ति आर्जन गरेको विवरण पनि दिएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर हुने चर्चा पनि चलेको थियो  साँघु साप्ताहिकमा खबर छ। तर तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतले आफ्नो अवकाश हुनुभन्दा १० दिनअघि अर्यालको उजुरी मुल्तवीमा राखेको अख्तियार स्रोतले बताएको छ । बस्नेतले अर्यालको उजुरी मुल्तवीमा राख्ने क्रममा आर्थिक लेनदेन नै गरेको आरोप पनि छ ।

त्यसो त केएमजीका अध्यक्ष कैलाश सिरोहियाको शक्ति प्रयोग गरेर पूर्वएआइजी राजेन्द्र सिंह भण्डारी पनि अख्तियारको आयुक्त बन्न रहर गरेको स्रोतको दावी छ ।

सिरोहियाले सुट लगाएर हाफ म्याराथुन दौडमा पीएम केपी ओलीलाई दौडाएको पनि यसैका लागि चाकडी हो भन्ने चर्चा चल्न थालेको छ । त्यस्तै केशरीराज घिमिरे पनि अध्यक्ष पुष्पकमल दाहालको फेरो समाएर आयुक्त हुने चक्करमा लागिरहेका छन् । घिमिरे चितवनका भएकाले अध्यक्ष दाहालले उनलाई बनाउने आशामा छन् ।

अर्याल, भण्डारी र घिमिरे नियुक्ति हुनका लागि दौडधूप गरे पनि अख्तियारका पदाधिकारीहरु भने प्रहरीलाई आयोगमा नियुक्त गर्न नहुने पक्षमा रहेको बताइन्छ ।

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    Tirtha Prakash Manandhar

    K Nepal ma swoch , emandar,naitikwan byakti haru ko khaderi nai bhayeako ho.?

    Comment Author

    Surya Shrestha

    यी कुकुरहरू कुनै पनि योग्य छैनन् अख्तियारको लागि, मिल्छ भने डाक्टर सुरेन्द्र केसि लाई बनाउदा राम्रो हुन्छ ।

    Comment Author

    Bikranta Lama

    भ्रष्ट कुकुरहरू

    Comment Author

    Tilak Karki

    yi ghusyalai kina dinu paryo aru saxem byakti xainan ra

    Comment Author

    Biraj Sayami

    Chakadi ko setting kasle todne ho?

    Comment Author

    Dhan Shrestha

    Aayukta rajendra shing bhandari lai banaye ramro kwality vayeko bekti hunuhunxa.

    Comment Author

    Sanjay Lama

    A bunch of useless

    Comment Author

    Parbat Giri

    Jo ghuskhorma lagya chha teslai chai laat hanera nikalnu parxa

    Comment Author

    Resham Khadka

    यदी भु.पु. प्रहरीलाई आयुक्तमा नियुक्ति गरे कोही कोही प्रहरीको झन सान बढने कोही कोहीको निद हराम हुनेछ।प्रहरीहरू पक्षपाती , बदला लिने तथा गद्दार हुन्छन।

    Comment Author

    KS Gyalvo

    रमेस खरेल योग्ये छ उनि हक्की, निस्पक्क्ष , देश र जन्ता माथी बफादर छ त्येसैले रमेस खरेल भये राम्रो

    Comment Author

    Udaya Tulachan

    शुशिला कार्की अथवा रमेश खरेल।

    Comment Author

    Dhan Bdr Mahata

    Rajendra singh bhandari

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?