को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
सारांश
- उदय जीएम नेपालका सातवटा प्रदेशमध्ये ५ नम्बर प्रदेश यस्तो प्रदेश हो, जहाँ मुख्यमन्त्रीका एक्ला दावेदार छन् ।
- बाँकी ६ वटा प्रदेशहरुमा एउटै वा फरक पार्टीका एकभन्दा बढी मुख्यमन्त्रीका आकाङ्क्षी छन् ।
- पाँच नम्बर प्रदेशमा भने निर्वाचनअघि नै वाम गठबन्धनकै तर्फबाट भावी मुख्यमन्त्रीको रुपमा प्रस्तावित व्यक्तित्व हुन् शङ्कर पोख्रेल ।
उदय जीएम
नेपालका सातवटा प्रदेशमध्ये ५ नम्बर प्रदेश यस्तो प्रदेश हो, जहाँ मुख्यमन्त्रीका एक्ला दावेदार छन् । बाँकी ६ वटा प्रदेशहरुमा एउटै वा फरक पार्टीका एकभन्दा बढी मुख्यमन्त्रीका आकाङ्क्षी छन् । पाँच नम्बर प्रदेशमा भने निर्वाचनअघि नै वाम गठबन्धनकै तर्फबाट भावी मुख्यमन्त्रीको रुपमा प्रस्तावित व्यक्तित्व हुन् शङ्कर पोख्रेल । बुटवलमा आइतवार प्रदेश सभा सदस्यको शपथग्रहणसँगै नेकपा एमालेको ५ नम्बर प्रदेशमा संसदीय दलको नेतामा चुनिए उनी । त्यसै पनि उनी मुख्यमन्त्रीका एक्ला दावेदार छँदै थिए, यसले त झन एमाले नेता पोख्रेलको मुख्यमन्त्री बन्ने बाटोलाई अझै सुगम बनाइदिएको छ ।
किन एक्ला दावेदार ?
एमाले नेता शङ्कर पोख्रेल वास्तवमा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव भिड्न चाहेका थिए । त्यही क्षेत्रमा चुनावी मोर्चामा लड्न कस्सिएका थिए, माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा । दुबै नेता दाङ– २ बाट चुनावमा भिड्ने मनस्थिति बनाइरहेकै बेलामा एमाले–माओवादी केन्द्रबीच चुनावपछि पार्टी एकता नै गर्ने उद्घोषका साथ वाम गठबन्धनको घोषणा भयो । त्यसपछि यो विषयले वाम गठबन्धनको कार्यदलमा प्रवेश गर्यो । कार्यदलले टुङ्गो लगाउन नसकेपछि दाङ– २ को विषय दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड”को पुग्यो । दुई शीर्षक नेताले यो विषयलाई यसरी सुल्झाए, दाङ– २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा र दाङ– २ (क) मा पाँच नम्बर प्रदेशको भावी मुख्यमन्त्रीसहित प्रदेश सभा सदस्यका उम्मेदवार शङ्कर पोख्रेल । शीर्ष नेतृत्वबाटै टुङ्गिएको विषय भएकाले यो प्रदेशमा एमाले–माओवादी केन्द्र दुबैतिरका अन्य नेताहरुले मुख्यमन्त्रीका लागि दावी गर्ने प्रश्न थिएन र गरेनन् पनि ।
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शंकर पोखरेल ?
नेपाली बामपन्थी आन्दोलनमा र राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् शंकर पोखरेल । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययन गर्दा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेले । नेता पोख्रेलले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरे । जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरे । विक्रम सम्वत २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा केशवराजशर्मा र तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्यका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उनको सक्रिय सहभागिता रहेको थियो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिवका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । जनकपुरमा भएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्षसहित उनले पार्टीमा राज्य पुनसंरचना सम्वन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनसंरचना सम्वन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको पनि सचिव थिए पोख्रेल । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोख्रेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रीकरण सम्वन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार गरिएको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशल वक्ताको रुपमा संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्छन् पोख्रेल ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने मान्यता राख्ने पोख्रेल नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित भएका छन् । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गरेका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण लिइएको छ ।
हाल पार्टीमा पोखरेलले पार्टी स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय छन् । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक हुन् । विगतमा पार्टी सचिवको रुपमा काम गरिसकेका पोखरेलले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका छन् । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गरेका छन् । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन गरेका थिए । पटकपटक जेल र दर्जनौपटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरुमध्ये एक हुन् । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन् । उनका दुई छोरी छन् ।
संक्षेपमा शंकर पोखरेलः
* विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्म ।
* त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
* आर्थिक, सामाजिक, विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात ।
* ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
* हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य, पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी ।
* नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित ।
* नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
* जननेता स्वर्गीय मदन भण्डारीसँग निकट रहेर काम गरेको ।
* विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश, बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
* अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
* अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
* २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५÷४६ पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका ।
* २०६२÷६३ को जनआन्दोलनमा काठमाडौको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रको पक्षमा काठमाडौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
* माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व ।
* माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
* एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
* राज्यको पुनसंरचना सम्वन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
* आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मतरुपमा स्विकार ।
* केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
* साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
* नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका, पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।
०००
अजय शर्माको सहयोगमा
Shyam Shubham Giri
श्रीमति माथी श्रीमान तल नारी प्रति सम्मान
बिर बहादुर कुसुम्या परिवर्तन
खै को हुन शंकरे मत चिन्दिन
Hemanta Budhathoki
अापतकाे बेला दाङकाे वकालत गर्ने काम फत्ते गर्ने दंगालिकाे नेता हुना सक्छ नत्र भने हाेइना
Uttam Dhital
खेै काे हाे त्यति राम्रो शीत दङ्गालि ले चिन्दैनन यति मात्रै चिन्दछन पद काे लाेभि रहेछ र बिष्णु पाण्डे काे चम्चा रहेछन त्यति मात्रै चिन्दछन ।
Hemanta Budhathoki
दंगाली हाे मृग पनि मृत्यु खाेजेमा जंगल छाेडेर गाऊ छिर्छ
Madan Bhandari
छी नेपाल को ऋण
Kp Oli
Sabai.affno.lagi….xau.janta.ko…lagi.k.garayka.xau.ra
Om Hari Bhattarai
एक्ला दाबेदार परेछ्न बरै एक्लै ले केहि होला र?
Joshep Joshep
Best of luck for your future life