को को भए १७ निर्विरोध! १५ गते मात्र घोषणा हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३९ पटक हेरिएको
Shares
को को भए १७ निर्विरोध! १५ गते मात्र घोषणा हुने

सारांश

  • काठमाडौं, ११ माघ- राष्ट्रियसभा सदस्यका लागि १७ जना निर्विरोध निर्वाचित भएका छन् ।
  • बुधबार उम्मेदवारी दर्ताकै दिन कुनैपनि प्रतिस्पर्धी नभएपछि १२ जना महिला र ५ जना पुरुष निर्विरोध भएका हुन् ।
  • तर, निर्वाचन अधिकृतको कार्यालयले भने निर्विरोधहरुको नामावली औपचारिक घोषणा गरिसकेको छैन ।

काठमाडौं, ११ माघ- राष्ट्रियसभा सदस्यका लागि १७ जना निर्विरोध निर्वाचित भएका छन् । बुधबार उम्मेदवारी दर्ताकै दिन कुनैपनि प्रतिस्पर्धी नभएपछि १२ जना महिला र ५ जना पुरुष निर्विरोध भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालयले भने निर्विरोधहरुको नामावली औपचारिक घोषणा गरिसकेको छैन ।

निर्वाचन कार्यतालिका अनुसार माघ १५ गते अन्तिम नामावली प्रकाशित गरिसकेपछि निर्वाचन अधिकृतले निर्विरोध घोषणा गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । निर्विरोध भएकाहरुको कागजात मिलेको छ छैन भनेर सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयले जाँच गरेपछि बल्ल निर्विरोध घोषित गरिनेछ ।

बुधबार उम्मेदवारी दर्ताकै दिनमा प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका हुन्। १७ सिट चाहिनेमा त्यत्तिनै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्। निर्विरोध हुनेमा महिला नै बढी छन् ।
प्रदेश १ मा
एमालेकी नैनकला ओझा, महिलातर्फ
माओवादीकी बीना पोखरेल
कांग्रेसकी सरीता प्रसाईं,

प्रदेश २ मा  महिलातर्फ माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव
फोरमकी प्रमिलाकुमारी यादव,
दलिततर्फबाट संघीय फोरमका रामप्रित पासवान
राजपाका वृशेषचन्द्र लाल

प्रदेश ५ मा महिलातर्फबाट एमालेकी कोमल वली र मीना बुढा
कांग्रेसको तर्फबाट अनिता देवकोटा

प्रदेश ७ मा
महिलातर्फ कांग्रेसकी तारादेवी जोशी,
एमालेकी कमला ओली र इन्दु कडरिया
खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी,  कांग्रेसका बद्री पाण्डे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
श्रीलङ्का आक्रमण: मृतकको सङ्ख्या २९० पुग्यो, प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ
वाईडबडी प्रकरण: देउवाले थर्काएपछि संयोजक राजेन्द्र कुमार केसी बेपत्ता !
महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त
महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त
महोत्तरीमा ९ महिने शिशुको बलात्कारपछि हत्या !
उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान
चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन
चिसोबाट प्रभावित विपन्न समुदायको पहिचान गर्न निर्देशन
कोरोना संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

तपाईंले छुटाउनुभयो कि?