आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
सारांश
- काठमाडौं ।
- समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
- स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने उम्मेदवारले कात्र्तिक ५ गतेभित्र खर्च विवरण बुझाउन आयोगले सूचना निकालेको ।
काठमाडौं । समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ । स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने उम्मेदवारले कात्र्तिक ५ गतेभित्र खर्च विवरण बुझाउन आयोगले सूचना निकालेको । आइतबार एक सूचना जारी गर्दै आयोगले जरिवाना रकम बुझाउन निर्देशन दिएको हो ।
आयोगको गत भदौ ३१ को निर्णयानुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएको थियो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ।
त्यस्ता उम्मेदवारहरूले आफूलाई लागेको जरिवाना बापतको रकम उम्मेदवारहरूको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुलउपर भएको कायम गरी कानून बमोजिम गर्न निर्देशन दिएको छ ।
यसैगरी जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा बन्दसूचीबाट नाम हटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।
प्रतिक्रिया