मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

सारांश

  • काठमाडौँ, ११ चैत  पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
  • आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ, ११ चैत  पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि मङ्गलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री सेल्सियस र अधिकमत तापक्रम २७ दशमलव ८ सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइरल बालगायिका कमला घिमिरेले भोली पाँचखाल महोत्सव घन्काउने
भाइरल बालगायिका कमला घिमिरेले भोली पाँचखाल महोत्सव घन्काउने
“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण
“बिपी कोइरालाका विचार दर्पण” लोकार्पण
सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता,  देउवाको फेरि यस्तो प्रस्ताव
सर्वदलीय बैठक सकिएलगत्तै प्रचण्ड–देउवाको छुट्टै भेटवार्ता, देउवाको फेरि यस्तो प्रस्ताव
काठमाडौंमा एकैदिन १२७ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १२७ जना कोरोना संक्रमित थपिए
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि …
लुसुलुसु जंगली हात्ती गाउँ पसेपछि …
वामदेव कास्कीमा चुनाव नलड्ने
वामदेव कास्कीमा चुनाव नलड्ने
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
कर्मचारीले बहुविवाह गर्दा जागिर नजानेगरी विधेयक !

तपाईंले छुटाउनुभयो कि?