आयोग तात्यो तर दल सुस्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
आयोग तात्यो तर दल सुस्त

सारांश

  • राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट गरेका छैनन्।
  • निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ।
  • तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन्।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट गरेका छैनन्। निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ। तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन्।

राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ। निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरू भने अझै तातेका छैनन्। अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले दुई नम्बर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको छ। प्रदेश २ बाट नेकपा र राजपाले २÷२ सिटमा तालमेल गरेका छन्। यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ।

महासचिव विष्णु पौडेलका अनुसार नेकपाको बिहीबार बस्ने सचिवालय बैठकमा राष्ट्रिय सभा उम्मेदवारबारे छलफल हुनेछ। पार्टीका प्रदेश कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न नेकपाले पहल गरेको छैन। ‘तल्लो कमिटीका साथीहरूका भावना समेटेर उम्मेदवार तय गर्छौं’, महासचिव पौडेलले भने। टिकट पाए चुनाव जित्ने निश्चित जस्तै रहेकाले टिकट पाउन शीर्ष नेताकोमा दौडधुप भइरहेको नेताहरूले बताएका छन्। यता विपक्षी कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएको छैन। कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार २ नम्बर प्रदेशमा समाजवादी पार्टीसँग चुनावी तालमेलको तयारी भइरहेको छ। तर, कांग्रेस र समाजवादी मिले पनि दुई नम्बर प्रदेशमा चुनाव जित्ने सम्भावना कम छ। राजपा र समाजवादीले पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताएका छन्।

राष्ट्रिय सभा सदस्यको म्याद सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण आगामी माघ ९ मा चुनाव हुन लागेको हो। सत्तासीन नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित ९अर्थमन्त्री युवराज खतिवडा० को कार्यकाल समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सांसद र स्थानीय तह ९गाउँपालिका÷नगरपालिकाका०का प्रमुख र उपप्रमुख मतदाता हुन्। ७ सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रिय सभा मतदाता हुन्। स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ। राष्ट्रिय सभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो। तर यसपटक प्रत्येक प्रदेशबाट ९क्लस्टर० मा एक एकजना मात्र निर्वा्चित हुने हुँदा प्रत्यक्ष निर्वाचन जस्तै हुनेछ। २ नम्बर प्रदेशबाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत भएकाले राष्ट्रिय सभा निर्वाचन नेकपाका लागि भने लाभैलाभ हुने देखिन्छ। २ नम्बर प्रदेशमा नेकपाले राजपासँग तालमेल गरिसकेको छ। २ नम्बर प्रदेशमा एक महिला, एक दलित, एक खुला र एक अल्पसंख्यक वा अपांगता भएका व्यक्ति गरी ४ वटै कलस्टरबाट ४ पद रिक्त हुँदैछ। ५७ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १३ सांसद छन्।

५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वा्चित हुन्छन्। ३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन्। स्थायी सदन राष्ट्रिय सभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेहरूको कार्यकाल भने ६ वर्षकै हुनेछ।
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवामाथि खनिइन् सुजाता
देउवामाथि खनिइन् सुजाता
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
त्रिशुलीमा बस खस्दा पाँचजनाको मृत्यु, १३ जना घाइते र २३ जनाको उद्धार
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
प्रचण्डले बाटो बिराएकाले पार्टी एकता सम्भव छैन: वैद्य
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)
प्रचण्ड एक्लै सोल्टी होटलमा: स्वराजसँग भेटवार्ता (हेर्नुहोस् १० तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?