भेरी अस्पतालको खाना गुणस्तरहीन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
भेरी अस्पतालको खाना गुणस्तरहीन

सारांश

  • बाँके, १५ चैत  बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ ।
  • सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो ।
  • यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

बाँके, १५ चैत  बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीलाई गुणस्तरहीन खाना खुवाउने गरेको खुलेको छ ।

सरकारी अस्पतालले भर्ना भएका बिरामीलाई निःशुल्करुपमा खुवाउँदै आएको खाना ‘खाए खा नखाए घिच’ भने झै गुणस्तरहीन खुवाउने गरेको खुलेको हो । यसले अस्पतालबाट उपलब्ध गराइने खानाको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।

सरकारी निकायमा जताततै विकृति र विसङ्गति मौलाइरहेको बेला सरकारी अस्पताल जस्तो विश्वसनीय र संवेदनशील संस्थामै बिरामीलाई दिइने खाना गुणस्तरहीन हुँदासमेत अस्पताल व्यवस्थापन र खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयले अनुगमनमा समेत चासो देखाएका छैनन् ।

बिरामी भएर निजी अस्पतालमा उपचारका लागि जान नसक्ने निम्न मध्यम वर्गीय परिवार सरकारी खाना बहिस्कार गर्ने मनस्थितिमा समेत पुगेको भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तको भनाइ छ । पैसा खर्च गरेर अन्यत्र उपचारका लागि जान नसक्ने बिरामी दूषित खाद्यान्नको कारण थप बिरामीपर्ने स्थिति छ । अस्पतालमा वितरण हुने पानीसमेत दूषित भएको बिरामीका कुरूवाको आरोप छ ।

बिरामीलाई निःशुल्क खुवाइने खानाको गुणस्तरबारे सरोकारवाला निकायको अनुगमन नहुँदा गुणस्तरहीन खाना खान बिरामी बाध्य भएको बिरामी कुरुवा बताउँछन् । ‘भेरी अस्पतालकै यो अवस्था छ ग्रामीण क्षेत्रका अस्पतालको खाना कस्तो होला ?’ नेपालगञ्ज–१० का गोपाल खत्रीले भन्नुभयो, “जताततै लापरवाहीभन्दा केही भेटिदैन ।”

सम्बन्धित सरकारी निकायबाट अनुगमन गरिएको छैन् । दूषित खाद्यान्न खुवाउनेको कसुर प्रमाणित भएमा जनही दुई वर्षसम्म कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको कानून व्यवसायी वासुदेव ज्ञवालीको भनाइ छ ।

‘बिरामीलाई खान दिने खानामा मापदण्ड तोकिएको छ । तर, बिरामीले तोकिएको मापदण्ड र सहमतिअनुसार खाना पाएका छैनन्,’ अस्पतालकै एक कर्मचारीले भन्नुभयो । एउटा बिरामीलाई दैनिक ६०० ग्राम मसिनो चामल, एउटा अण्डा, एक कप दूध र सागसब्जी सहितको सन्तुलित खाना खुवाउनुपर्ने सहमति छ । तर, बिरामीलाई शुरुकै दिन कमसल खाना दिने र अर्को छाकदेखि बिरामीले अस्पताल बाहिरका होटलबाट खाना ल्याएर खाने गरेको गुनासो गर्दै एक बिरामी कुरुवाले भनिन्, ‘अण्डा दूध केही आउँदैन, आफै होटलबाट किने र बिरामीलाई खुवाउनुपर्छ ।” अस्पतालको भान्सा सञ्चालन र बिरामीलाई खाना खुवाउनका लागि अस्पतालले ठेक्कामा दिएको अस्पतालका निमित्त प्रमुख राजन पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलको को ?
सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, कुन दलको को ?
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन
स्वास्थ्य मन्त्रालयद्धारा निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन निर्देशन
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
विवाह गर्नुभन्दा पहिला कपडा खोल्नुपर्ने परम्परा
विवाह गर्नुभन्दा पहिला कपडा खोल्नुपर्ने परम्परा
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
Priyanka Chopra and Nick Jonas walk hand-in hand as they heads back to US, see pics
Priyanka Chopra and Nick Jonas walk hand-in hand as they heads back to US, see pics
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया