आय आर्जनका लागि महिलाहरुलाई सिपमुलक तालिम
सारांश
- दाङ, १४ माघ ।
- महिलाहरुलाई आय आर्जनका लागि सिप मुलक तालिमहरु सञ्चालन गरीएको छ ।
- महिला हरु लाई सिप सिकाई व्यवसायीक तथा आर्यआर्जन मुखी गराउने उद्देश्यले तुलसीपुर– ५ का महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु दिन सुरु गरिएको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिनुभएको छ ।
दाङ, १४ माघ । महिलाहरुलाई आय आर्जनका लागि सिप मुलक तालिमहरु सञ्चालन गरीएको छ । महिला हरु लाई सिप सिकाई व्यवसायीक तथा आर्यआर्जन मुखी गराउने उद्देश्यले तुलसीपुर– ५ का महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु दिन सुरु गरिएको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिनुभएको छ ।
सो वडाले महिलाहरुको वृहत भेला बोलाएर सिप सिक्न चाहने महिलाहरुको रुची अनुसार १४७ जना महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु सञ्चालन गरेको जनाएको छ ।
वडाले रु आठ लाख वजेट छुटायर ४५ जना महिलाहरुलाई कम्प्यूटर तालिम, ३० जना महिलाहरुलाई हाते वुनाई (वुटिक ) तालिम, ४२ जनालाई सिलाइकटाई र ३० जना महिलाहरुलाई छापा खाना सम्वन्धि तालिम दिन सुरु गरीएको वडा सदस्य शुरेस श्रेष्ठले बताउनुभयो ।
त्यसैैविच महिलाहरुका लागि आयआर्जन तथा शिप विकाशका लागि हाते वुनाई ( वुटिक) तालिमको उद्घाटन गरीएको छ । कामना कटाई सिलाई टेनिङ्ग सेन्टर तुलसीपुरको आयोजना तथा वडा नं ५ को सहयोगमा सुरु भएको तालिममा ३० जना महिलाहरुको सहमागीता रहेको छ ।
सेन्टरकी सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्ता कार्यक्रमहरुले महिलाहरुलाई आय आर्जनमा सहयोग पुग्ने बताएका थिए ।
सो अवसरमा वडा अध्यक्ष शाहले आगामि दिनमा पनि यस्ता कार्याक्रमहरुलाई निरन्र्तता दिने बताएका थिए । वडा सदस्य सावित्रा गुरुङ्गको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण ध्रुव आचार्यले गरेका थिए ।
प्रतिक्रिया