श्रीलंकामा फेरि भड्कियो हिंसा, कर्फ्यू जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
३० पटक हेरिएको
Shares
श्रीलंकामा फेरि भड्कियो हिंसा, कर्फ्यू जारी

सारांश

  • बीबीसी।
  • श्रीलंकामा मुसलमान विरुद्ध हिंसा बढेपछि मुलुकभर राति कफ्र्यू लगाइएको छ।
  • मस्जिद र मुसलमानको व्यापारिक प्रतिष्ठानलाई निसाना बनाइएको छ।

बीबीसी। श्रीलंकामा मुसलमान विरुद्ध हिंसा बढेपछि मुलुकभर राति कफ्र्यू लगाइएको छ। मस्जिद र मुसलमानको व्यापारिक प्रतिष्ठानलाई निसाना बनाइएको छ। यो हिंसामा कुनै पनि मानवीय क्षति भएको समाचार छैन । कयौं ठाउँमा प्रहरीले भीडलाई तितर–बितर पार्न हवाइ फायर र अश्रु ग्यास प्रहार गरेको बीबीसीले जनाएको छ ।

श्रीलंकामा इस्टरको अवसरमा आतंकवादी समूहले चर्च र होटललाई निशाना बनाएर आत्मघाती आक्रमण गरेका थिए। उक्त आक्रमणमा २५० भन्दा धेरैको ज्यान गएको थियो। सो आक्रमणपछि श्रीलंकामा तनावको माहोल छ। अहिलेसम्मको छानवीनले उक्त आक्रमणका सबै आक्रमणकारी मुस्लिम रहेको खुलेको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले शान्ति कामय गर्न देशवासीलाई अपिल गरेका छन्। उनले हिंसा भयो भने आक्रमणको छानवीन प्रभावित हुन सक्ने बताएका छन्। स्थिति तनावपूर्ण बन्दै गएपछि सरकारले राति कफ्र्यू लगाएको थियो ।

उत्तर पश्चिम शहर कीनियामा एक मस्जिदमा आक्रमण गरिएको छ र मुसलमानको पवित्र ग्रन्थ कुरानलाई पनि भुईँमा फ्याँकिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार सुरक्षाकर्मी नजिकै तलाउमा हतियार खोज्ने अभियान चलाइएको थियो। प्रदर्शनकारी मस्जिदको पनि खान तलासी गर्नुपर्ने माग गरिरहेका थिए। उनीहरुले मस्जिदमा नमाज पढ्न आएका तीर्थयात्रुको सवारी साधनन पनि जलाइ दिए ।

प्रहरी अनुसार चिला नामको एक ठाउँमा फेसबुकबाट सुरु भएको विवाद दंगासम्म पुग्यो। सो क्याथोलिक इसाई बहुल क्षेत्रमा मुलसमानको पसललाई निकासा बनाइयो। फेसबुकमा विवादित स्टाटस लेख्ने ३८ वर्षीय मुस्लिम व्यापारीलाई हिरासतमा लिइएको छ। सिंहा रोक्न सरकारले फेसबुक, ह्वाट्सऐपजस्ता केही समानिक संजाल र च्याट ऐपमाथि प्रतिबन्ध लगाएको छ ।

ट्विटरमाथि भने प्रतिबन्ध लगाइएको छैन। प्रधानमन्त्री रनिल विक्रमासिंघेले एउटा ट्विट गर्दै भनेका छन्, ‘म नागरिकलाई शान्ति कायम गर्न र गलत जानकारीमा आएर उत्तेजित नहुने अपील गर्छु। सुरक्षाकर्मी आतंकवादीलाई पक्राउ गर्न र देशको सुरक्षा सुनिश्चित गर्न हर संभव प्रयास गरिरहेका छन् ।’

संचारमाध्यमहरुका अनुसार हेत्तीपोला शहरमा पनि हिंसा भएको छ। यहाँ तीनवटा पसललाई निसाना बनाइएको छ। श्रीलंकाको जनसंख्या करिव दुई करोड बीस लाख छ। मुसलमानको जनसंख्या कुल जनसंख्याको दश प्रतिशत रहेको छ। श्रीलंकामा बहुसंख्यक जनसंख्या सिनहाला बौद्धको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
इस्लामिक स्टेटका पूर्वप्रमुख अल–बग्दादीकी दिदी पक्राउ
इस्लामिक स्टेटका पूर्वप्रमुख अल–बग्दादीकी दिदी पक्राउ
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ
गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
नारायणगढ मुग्लिन सडक सहज
नारायणगढ मुग्लिन सडक सहज
खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
प्रसाईका पचासभन्दा बढी समर्थक पक्राउ
प्रसाईका पचासभन्दा बढी समर्थक पक्राउ

तपाईंले छुटाउनुभयो कि?