बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)

सारांश

  • सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ ।
  • यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् ।
  • निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो ।

सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए ।

तस्बिर साभार : ईपीए

मृतक बालक कमल सदालाई बोकेका काका देवकुमार सदा ।
मृतक बालक कमल सदालाई बगाउन कोशीमा लैजाँदै काका देवकुमार सदा ।
मृतक बालक कमल सदालाई बगाउँदै काका देवकुमार सदा ।
मृतक बालक कमल सदालाई बगाएर फर्कंदै काका देवकुमार सदा ।
मृतक बालकलाई कोशीको भेलमा छाडेपछि ।

साभार : कान्तिपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?