रोनाल्डो र मेसी आमनेसामने हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
१७ पटक हेरिएको
Shares
रोनाल्डो र मेसी आमनेसामने हुने

सारांश

  • काठमाडौँ ।
  • क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन् ।
  • अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएकासँगै रोनाल्डो र मेसी आमने सामने हुने भएका हुन् ।

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी फेरि एकपटक आमनेसामने हुने भएका छन् । अल नासर र इन्टर मियामी आगामी फेब्रुअरीमा रियाद सिजन कप खेल्ने भएकासँगै रोनाल्डो र मेसी आमने सामने हुने भएका हुन् ।

‘द लास्ट डान्स’ नाम दिइएको रियाद सिजन कपमा अल नासर, इन्टर मियामी र अल हिलाल सहभागी हुने भएका छन् । यो प्रतियोगिता फेब्रुअरी, २०२४ को पहिलो सातामा हुने घोषणा गरिएको छ । 

अल हिलाल खेल्ने भएपनि नेइमार भने इन्जुरीका कारण टिममा नरहेकाले यो प्रतियोगिता खेल्ने छैनन् । यस प्रतियोगितामा तीन खेल हुनेछन । जसमा अल नासर र अल हिलाल, अल नासर र इन्टर मियामी तथा अल हिलाल र इन्टर मियामी खेल्ने छन् । यी तीन खेलमा शिर्ष स्थानमा रहने टिमले यो उपाधि जित्ने छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?