आरजु देउवाले भनिन् : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
आरजु देउवाले भनिन् : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो

सारांश

  • काठमाडौं ।
  •  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.
  • आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् ।

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छना लगाउने अधिकार छैन ।’

प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रुपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरुले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् ।

‘नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्याममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रिनु खेदजनक छ’, उनले अगाडि भनेकी छन्, ‘तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ। तर नियोजित रुपमा मविरुद्ध व्यक्तित मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विवादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

उनले हरेकजसो अन्तर्वार्तामा आफूलाई गालीगलौज गरिएको पनि गुनासो गरेकी छन् । ‘हरेकजसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजित रुपमै मेरोविरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दूषित उद्देश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आमसञ्चारमाध्यमलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालोसूचीमा ऋणीको संख्या बढ्दै
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
खेलमा हावी हुँदै अाेमान, ३० अाेभरमा १०० रन पुरा !
खेलमा हावी हुँदै अाेमान, ३० अाेभरमा १०० रन पुरा !
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
पत्नी सिताको उच्च- ब्लडप्रेसरको बहाना बनाइ किन जादैछन प्रचण्ड थाइल्यान्ड ?
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक सुरू, ओलीले के गर्लान् ?