आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
सारांश
- काठमाडौँ, २२ भदौ ।
- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताउनुभएको छ ।
- नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक आज यहाँ आयोजित अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्थानीय तह तथा प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालकोे अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताउनुभएको छ ।
नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक आज यहाँ आयोजित अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्थानीय तह तथा प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालकोे अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्रलाई संस्थागत गर्न नेपालको संविधान कार्यान्वयनमा आइरहेको छ, यसका लागि स्थानीय तहको निर्वाचन केही सम्पन्न भएका र केही सम्पन्न हुने चरणमा रहेका छन् । साथै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत घोषणा भएको छ । ”
खासगरी दक्षिण एशियामा खाद्य तथा पोषणको अवस्थाका बारेमा समीक्षा गर्दै आगामी दिनमा अपनाइनुपर्ने रणनीतिका बारेमा छलफल गर्ने ध्येयले आयोजित सो दुईदिने गोष्ठीमा नेपालसहित यस क्षेत्रका १६ देशका ११६ जनाको सहभागिता रहेको छ ।
प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपालले मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य प्रगति गरेको चर्चा गर्दै पाँच वर्षमुनिका बालबालिका, विद्यालय तहका छात्रछात्रा तथा महिलालाई लक्षित गरी खाद्य तथा पोषणका कार्यक्रमलाई समन्वय गरी थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
उहाँले नेपालले पहिलो चरणको बहुक्षेत्रीय पोषण योजना (२०१३–२०१७) सफलरुपमा कार्यान्वयनमा ल्याएको चर्चा गर्दै अब दोस्रो चरणको योजना (२०१८–२०२२) पनि तयार भएको छ भन्नुभयो ।
गरिबी न्यूनीकरण गर्न दिगो कृषि विकास, कृषिको उत्पादन वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सुधारमा सरकारले ध्यान दिएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगको समन्वयमा कृषि, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, स्थानीय विकास, स्वास्थ्य तथा शिक्षा
प्रतिक्रिया