कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
२१ पटक हेरिएको
Shares
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम

सारांश

  • रौतहट ।
  • ऋण लगानी गर्दा एनआईसी एसिया बैंकका कर्मचारीले ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ ।
  • आफूहरू ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए ।

रौतहट । ऋण लगानी गर्दा एनआईसी एसिया बैंकका कर्मचारीले ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ ।

आफूहरू ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाए पनि प्रहरीले पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताउनुभयो । ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राइभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगवती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८ का प्रोपाइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपियाँ ७ महिनाअघि लिए पनि फिर्ता नगरेपछि कानुनी कारबाहीका लागि उनीहरू प्रहरीको शरणमा पुगेका हुन् ।

कर्जा प्रवाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्तासँग बुझ्न खोज्दा उनी सम्पर्कविहीन बनेका छन् । कृषि प्रयोजनका लागि माघ अन्तिममा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गाभगवती–१ का प्रोपाइटर अशोककुमार साहसँग नौवटा खाली चेक लिएका थिए ।

०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्रकुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो ।

साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एसिया बैंकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पूर्व नै बैंक प्रबन्धकले खाली चेक लिएर विभिन्न व्यक्तिको नामबाट ८५ लाख रुपियाँ लिएको दुखेसो उनको रहेको छ ।

यस्तै, जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राइभेट लिमिटेड चन्द्रपुर–१० को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाइटर पुष्पनाथ साहको छोरा राकेश साहको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैंकका प्रबन्धक आमोद गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषादेवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गाकुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधवप्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले नदिएको बताइएको छ । एनआईसी एसिया बैंक प्रधान कार्यालयका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खनियाले आफूले यस विषयमा बोल्न नमिल्ने बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य
एक सातामै ७५ हजार बस बाहिरिए
एक सातामै ७५ हजार बस बाहिरिए
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
टिकटकको मुद्दामा आजबाट सुनुवाइ सुरू हुदैँ
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

तपाईंले छुटाउनुभयो कि?