आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’

सारांश

  • काठमाडौं।
  • नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ।
  • यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

काठमाडौं। नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिका पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक छ। यस गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टिमको अभिनय रहेको छ। सनम तामाङले छायाँकन गरेको यस गीतको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत तथा म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुले समेत सहभागिता जनाएका थिए। ‘झिलीमिली’ बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल ‘आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश,फागुन ११ देखि सुरु हुने
नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश,फागुन ११ देखि सुरु हुने
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडौं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडौं आउँदै

तपाईंले छुटाउनुभयो कि?